नेपाल सम्वत् ११४६, सिल्लागाः १३, चतुर्दशी (४ फागुण, २०८२, १६ फ्रेब्रुअरी, २०२६) सोमबार, बाँपिझ्याला । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनअनुसार दोलखा जिल्लाका कुनै पनि पालिकाले प्रयोग गरिएका १७ वटा सूचक शतप्रतिशत रूपमा पूरा गर्न सकेका छैनन्।
आयोगको मूल्याङ्कनमा दोलखाका पालिकाहरूको प्राप्ताङ्क यस प्रकार रहेको छ ।
जिरी नगरपालिका – ७२.०९ अंक (सबैभन्दा बढी)
मेलुङ गाउँपालिका – ६६.१० अंक
शैलुङ गाउँपालिका – ५९.५० अंक
भीमेश्वर नगरपालिका – ५८.९४ अंक
गौरीशंकर गाउँपालिका – ५५.३० अंक
वैतेश्वर गाउँपालिका – ५३.३० अंक
कालिन्चोक गाउँपालिका – ५३.३० अंक
तामाकोशी गाउँपालिका – ४७.५३ अंक
विगु गाउँपालिका – ४१.०८ अंक (सबैभन्दा कम)
प्रतिवेदनले दोलखाका स्थानीय तहहरूमा सुधारको आवश्यकता औंल्याएको छ। यद्यपि, केही पालिकाले तुलनात्मक रूपमा राम्रो प्रगति देखाए पनि १७ वटै सूचक पूर्ण रूपमा हासिल गर्न नसक्नु चुनौतीका रूपमा देखिएको छ। यस मूल्याङ्कनले आगामी योजना निर्माण, सेवा प्रवाह सुधार र सुशासन प्रवर्द्धनमा स्थानीय तहलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij