Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले प्रतिबद्धता पत्र सार्वजनिक

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले प्रतिबद्धता पत्र सार्वजनिक

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

नेकपा निर्वाचन परिचालन समिति दोलखा को नामबाट सार्वजनिक गरिएको उक्त प्रतिबद्धता पत्रमा सैद्धान्तिक प्रतिबद्धता, आर्थिक तथा सामाजिक दृष्टिकोण तथा दोलखा जिल्लाका लागि आगामी दिनमा केन्द्रित कार्यदिशा समावेश गरिएको छ।

घोषणापत्रमा कृषि तथा पशुपालन, ऊर्जा–जलस्रोत र सिँचाइ, भौतिक पूर्वाधार, भाषा–संस्कृति संरक्षण, शिक्षा–स्वास्थ्य–रोजगारी, वातावरण तथा जलवायु परिवर्तन, युवा–महिला–बालबालिका–ज्येष्ठ नागरिक, सुशासन तथा भ्रष्टाचार नियन्त्रण जस्ता मूलभूत विषयहरूलाई प्रमुख एजेण्डाका रूपमा अघि सारिएको छ।

उक्त दस्तावेजमा दोलखाको स्थानीय आवश्यकता र राष्ट्रिय विचारधाराबीच सन्तुलित संयोजन देखिन्छ। कृषि, ऊर्जा, पर्यटन र पूर्वाधारलाई विकासको मुख्य इञ्जिनका रूपमा प्रस्तुत गर्दै रोजगारी सिर्जना र सुशासनलाई केन्द्रीय मुद्दा बनाइएको छ। दोलखा जिल्लालाई विशिष्ट पहिचानसहित समृद्ध र आत्मनिर्भर बनाउने स्पष्ट दृष्टिकोण प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार