Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेकपा दोलखाका उम्मेदवार खड्का स्थानीय अगुवाहरूसँग भेटघाट तथा छलफलमा

नेकपा दोलखाका उम्मेदवार खड्का स्थानीय अगुवाहरूसँग भेटघाट तथा छलफलमा

नेपाल सम्वत् ११४६, सिल्लागाः १०, नवमी (२९ माघ, २०८२, १२ फ्रेवअरी, २०२६) बिहीबार, बाँपिझ्याला, दोलखा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विशाल खड्का प्राचीन नगरी दोलखा पुग्नुभएको छ।

उहाँले दोलखा केवल भूगोल मात्र नभई सभ्यता र संस्कृतिको महत्वपूर्ण स्थल भएको बताउँदै यहाँको इतिहास, संस्कृति र पहिचानप्रति सम्मान व्यक्त गर्नुभयो।

कार्यक्रममा दोलखाका संस्कृति अभियन्ता शान्तकृष्ण श्रेष्ठ, भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ लगायत विभिन्न राजनीतिक विचारधाराका स्थानीय नागरिकहरूसँग भेटघाट तथा खुला संवाद गरिएको थियो।

राष्ट्रिय स्तरमा नेकपा ले पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक भइसके पनि स्थानीय आवश्यकता फरक हुने भएकाले ती समस्या र प्राथमिकताबारे सुझाव संकलन गरिएको बताइएको छ।

यस भेटघाटमा एमाले, कांग्रेस लगायत विभिन्न दलका व्यक्तिहरूका सुझावलाई पनि समान रूपमा सुन्ने प्रयास गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार