Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

ईन्गेजमेन्ट एकजनासंग, प्रेम अर्केसंग–लभस्टोरी

ईन्गेजमेन्ट एकजनासंग, प्रेम अर्केसंग–लभस्टोरी

नेपाल सम्वत् ११४६, सिल्लागाः ५, पञ्चमी (२३ माघ, २०८२, ६ फ्रेवअरी, २०२६) शुक्रबार, बाँपिझ्याला । सुभाष घई निर्देशित ुसौदागरु ९११९१० बाट बलिउड प्रवेश गरेकी मनीषा कोइराला नब्बे दशक मध्यतिर भारतकै चर्चित अभिनेत्री हुन्।

आज पनि सिनेमा क्षेत्रमा उनी सक्रिय रहेर धेरैको मन जित्न सफल छिन्।

मुख्यतः बलिउडका धेरै राम्रा निर्देशक र कलाकारसँग काम गरेकी उनले नब्बे दशकमा थुप्रै सफल फिल्म दिइन्। भारतका हिन्दी, तमिल, मलायलम, बांगला गरी करिब ८० फिल्ममा अभिनय गरेकी उनका फिल्म व्यावसायिक रूपमा असफल हुँदा पनि अभिनयबाट प्रशंसा बटुल्न सफल रहिन्।

सन् २०१२ नोभेम्बरमा पाठेघरको क्यान्सर भएपछि भने उनको अभिनय यात्रामा लामै बिराम आएको थियो। तर उनले क्यान्सरलाई जितेर पुनः अभिनयमा फर्किइन्।

त्यस्तै ुकयामत से कयामत तकु बाट यात्रा सुरू गरेका आमिर खानले आफूलाई व्यावसायिक तर गम्भीर फिल्म खेल्ने जिम्मेवार कलाकारका रूपमा स्थापित गरेका छन्।

मनोरञ्जन र कलात्मक दुवै पक्षबाट सन्तुलित फिल्म खेल्ने उनका कयौं फिल्मले व्यावसायिक कीर्तिमान बनाएका छन्। यही कारण उनी बलिउडका मिस्टर पर्फेक्सनिस्टु का रूपमा परिचित छन्।

पात्र अनुसार रिइन्भेन्टु गर्न सफल अभिनेतासँगै निर्माता र निर्देशकका रूपमा पनि उनी सफल छन्।

आज सेतोपाटीको गुड फ्राइडे सिनेमामा उनै मनीषा र आमिर खानको फिल्म सिफारिस गरेका छौं।फिल्म हो इन्द्र कुमारले निर्देशन गरेको ुमनु।

यो फिल्म प्रिया (मनीषा) र देव करण सिंह (आमिर खान) को प्रेम कथा हो।

प्रिया केटाकेटीलाई संगीत सिकाउने शिक्षक र देव चित्रकारको भूमिकामा छन्। जहाजमा सिंगापुरबाट भारत जाने क्रममा भेटिएका यी दुई प्रेममा पर्छन् र सँगै जीवन बिताउने सपना देख्छन्।

अचानक यात्रामा भेटिएका यी दुई जना ६ महिनापछि भेट्ने भनेर छुट्टिन्छन्। तर उनीहरू भेटिनुअघि नै उनीहरूको अर्कै अर्कै व्यक्तिसँग बिहे छिनिएको हुन्छ।

देवले प्रियासँग जीवन बिताउन आफ्नो इंगेजमेन्ट तोड्छन्। उता प्रियाका मंगेतरले पनि प्रियाले देवलाई चाहने थाहा पाउँछन्।

अनि एक दिन देवलाई भेट्न उत्साहित भएर जाने क्रममा प्रिया कार दुर्घटनामा पर्छिन्। यसपछि प्रिया र देवको प्रेमले कुन मोड लेला?

उनीहरूको मायामा आउने उतारचढाव थाहा पाउन पूरा फिल्म हेर्नुहोला। सुरूमा अरू फिल्मजस्तै प्रेमकथा भन्ने ुमनु यसपछि गम्भीर बन्दै जान्छ।

यसका मेरा मनु, नशा ये प्यारका नशा हैु, खुशियाँ और गमु जस्ता गीत चर्चित छन्। 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार