नेपाल सम्वत् ११४६, सिल्लाथ्व ९, नवमी (१३ माघ, २०८२, २७ जनवरी, २०२६) मंगलबार, बाँपिझ्याला । सदरमुकाम चरिकोटमा आज जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र विभिन्न सरोकारवालालाई लक्षित गरी “क्षयरोग तथा एचआईभी” सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
जनस्वास्थ्य कार्यालय दोलखा र नेपाल क्षयरोग निवारण संस्थाको संयुक्त आयोजनामा तथा भीमेश्वर नगरपालिका–२ को समन्वयमा आयोजित कार्यक्रममा दोलखामा बढ्दो स्वास्थ्य चुनौती, जोखिम र रोकथामका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले दोलखामा क्षयरोगको वर्तमान अवस्था र जोखिम न्यूनीकरणका लागि स्थानीय तहको भूमिका स्पष्ट रुपमा प्रस्तुत गर्नुभयो। त्यस्तै गरी जनस्वास्थ्य अधिकृत रुक्सा शाक्यले जिल्लामा एचआईभीको अवस्थाबारे तथ्य–आधारित जानकारी दिनुभएको थियो।
जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुबेदी, वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, अस्पताल सुपरिटेन्डेन्ट डाक्टर अच्युत पौडेल, नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन काफ्ले सहितका सरोकारवालाले स्वास्थ्य सचेतना र जोखिम नियन्त्रणमा सहकार्य अत्यावश्यक रहेको बताउँदै आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij