Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

दोलखा जिल्ला विगु–४ लिङ्बाका किसानहरु कृषक पाठशालामा आकर्षित

दोलखा जिल्ला विगु–४ लिङ्बाका किसानहरु कृषक पाठशालामा आकर्षित

कृषकहरुको घरआगन, खेतबारीमा गएर सञ्चालन गरिएको एकिकृत शत्रु जीव व्यवस्थापन (Integrated Pest Management-IPM) कृषक पाठशाला प्रभावकारी बन्दै गएको छ । दोलखा जिल्लाको उत्तरी भेग बीगु गाउँपालीका वडा नं. ४ लिङ्बामा सञ्चालन गरिएको यो पाठशालाबाट बिशेषत महिला कृषकहरुले एकिकृत शत्रु जीव व्यवस्थापन (Integrated Pest Management-IPM) प्रविधीबाट तरकारी उत्पादन गर्न सिकीरहेका छन् । 

Krishak2.jpg
आफुले लगाएको बन्दा हेर्दै स्थानिय महिला कृषक

कृषकहरु कृषक पाठशालामा नियमितरुपमा सहभागी भएर कृषि उत्पादनमा शत्रु जीव र रोगको पहिचान गरेर गाइबस्तुको मलमूत्र, स्थानीय वनस्पति आदिबाट तयार गरिएको विषाधी र झोल मलको प्रयोगबाट तीनको नियन्त्रण र रोकथाम गर्ने विधी र प्रक्रिया नै एकिकृत शत्रु जीव व्यवस्थापन (Integrated Pest Management-IPM) हो । १६ हप्ता अवधिको कृषक पाठशाला (Farmers Field School-FFS) को माध्यमबाट यो प्रविधी प्रवद्र्धन गर्ने प्रयास अनुसार ओसेलिपको कार्य क्षेत्रको कालिञ्चोक गाउँपालिका, वडा नं ४, हिलेपानी गुमुखोला र विगु गाउँपालिका, वडा नं.४, लिङ्बामा यो पाठशाला सञ्चालन गरिएको हो । यी कृषक पाठशालाहरुको हालसम्मको अवस्थालाई हेर्दा एकिकृत शत्रु जीव व्यवस्थापन (Integrated Pest Management-IPM) को विधि र प्रक्रिया अनुरुप उपलब्धी उन्मुख देखिएको छ ।

यसरी ग्रामीण विकास टुकी संघ, दोलखाले सिविन नेपालसंगको साझेदारीमा सञ्चालन गरीरहेको महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर उत्थान परियोजना (ओसेलिप) अन्तर्गत विगु गाउँपालीकाको वडा नं.–४, लिङ्वाको “लिङ्बा एकता महिला कृषक समुह” मा सञ्चालित आइ.पी.एम. कृषक पाठशालामा यस समूहमा आवद्ध कृषक महिला दिदीबहीनीहरु सहभागी भएका छन् ।  

किसानकै खेतबारीमा गएर बाली उत्पादन अवधिभर सामूहिक रुपमा किसानहरुलाई सिकाइने कृषक पाठशाला किसानहरु माझ प्रभावकारी बन्दै गएको छ । जुन तथ्य नेपालका बिभिन्न जिल्लासँगै अहिले दोलखा जिल्ला बीगु गाउँपालीका वडा नं. ४ लिङ्बाका स्थानिय किसानहरुको सहभागीताले थप प्रभावकारी सिद्ध भएको छ ।  

Krishna15.jpg
 लिङ्बा एकता महिला कृषक समुहले सामुहिक रुपमा उत्पादन शुरु गरिएको बन्दा खेती

यसरी यहाँका किसान महिला दिदीबहीनीहरु आफु आवद्ध समुह लिङ्बा एकता महिला कृषक समुह मार्फत सामुहिक खेती प्रणाली शुरु गरेका छन् । जसको लागि प्राविधिक सहयोग टुकी–सिविनबाट सञ्चालित ओसेलिपबाट उपलब्ध गराइएको छ । यसै गरी उक्त कृषक पाठशालामा उल्लेखित समूहमा आवद्ध १६ जना महिला र १ जना पुरुष गरी जम्मा १७ जना कृषकहरुको सहभागीता रहेको टुकी संघमा कार्यरत कृषि प्राविधिक दिपा खत्रीले बताउनु हुन्छ ।

कृषि प्राविधिक दिपा खत्री आफ्नो अनुभव सुनाउँदै भन्नु हुन्छ, कृषक पाठशाला १६ हप्ता चल्छ । यो खुल्ला आकाशमुनि बसेर पढ्ने सिक्ने थलो हो भनेर बुझाइयो । त्यसपश्चात सबैजना कृषक पाठशालामा समावेश हुने सहमति भयो। त्यसैगरी २०८२ कार्तिक १० गतेदेखि कार्तिक १२ गतेसम्म एउटा पाठशाला अनुशिक्षण कार्यक्रम राख्यौं । उक्त कार्यक्रममा अनुशिक्षणको लागि पाठशाला प्रशिक्षक राधाकृष्ण चापागाईबाट कृषकहरूलाई थप हौसला, उत्प्रेरणा, आवश्यक प्राविधिक सल्लाह दिएर हामीले बन्दामा पाठशाला सुरु गर्यौ । यसमा प्रत्येक हप्ता पालिकाको प्रशिक्षक सहित म प्राविधिक पनि उपस्थित भएर कार्य योजना बनाएर प्रत्येक हप्ताको कार्यक्रम सफल हुँदै आएको छ।

किसानहरुकै बारीमा गएर बेर्ना राखी उत्पादन अवधिभर देखा पर्ने समस्याहरुमा केन्द्रित भई खोज र प्रयोगका आधारमा बाली उत्पादन गरिने अभ्यासले अहिले सहभागी किसानहरुमा प्राविधिक ज्ञान बढ्दै गएको देखिएको छ । सिकाउन सजिलो र प्रभावकारी बनाउने उद्देश्यले सहभागी किसानहरुलाई चारवटा समुहमा बिभाजन गरिएको छ । यी समुहहरुलाई नाम सगरमाथा, गौरीशंकर, कञ्चनजंगा र धौलागिरी नामाकरण गरि सञ्चालन गरिएको समेत उहाँले जानकारी दिनु भयो ।

Krishak-3.jpg
लगाईएको बन्दा बालीमा केही समस्या देखिएपछी प्रशिक्षकसंग भलाकुसारीमा कृषकहरु

यसै गरी आफु प्राविधिक भएता पनि पढाइ र गराइमा फरक पर्दो रहेछ । प्राविधिक शिक्षा लिएर मात्र होइन सँगसँगै प्रयोगात्मक शिक्षा पनि भयो भने अझ थप शिक्षा प्राप्त हुने रहेछ भन्ने कुरा अवगत भयो । मेहनत गर्यो भने असम्भव केही रहेनछ भन्ने कुरा यस कृषक पाठशालाबाट बुझियो । काउलीमा विफल भएको पाठशाला पछि फेरि मेहनतका साथ लागि परेर बन्दामा मिति २०८२ कार्तिक महिना १५ गते पहिलो बैठक सुरु गरी २०८२ पौष १६ गते १० औँ हप्ता सम्मको कृषक पाठशाला सफल रूपमा सम्पन्न भएको छ । 

बारीदेखि बजारसम्मका बारेमा किसानलाई कृषक पाठशालामा सिकाई हुने हुँदा कृषकहरु पाठशालामा बढी आकर्षित हुन थालेको प्रशिक्षक राधाकृष्ण चापागाईं बताउनु हुन्छ । उहाँका अनुसार पाठशालामा किसानहरु भौतिक रुपमै उपस्थिति भएर सिकाई हुने हुँदा किसानहरु खेती गर्न अब्बल हुँदै गएका छन् । कृषक समूहमा गरिने अभ्यासले समूह बाहिरका किसानहरु समेत लाभान्वित हुँदै आएका छन् । यो कुरा यस वीगु गाउँपालीकामा पनि लागु हुने कुरामा आफु आशावासी हुनु हुन्छ ।

यसरी किसानहरुलाई व्यवहारिक प्रयोगात्मक र खोजपूर्ण तरिकाहरु अपनाएर बाली अवधिभर गरिने अवलोकन, विश्लेषण र समूह छलफल गराई तत्काल आएका समस्याहरुको समाधान गर्न पाठशालाले कृषकलाई दक्ष बनाउने गरेको हो । पाठशालामा कृषि प्राविधिकको सहयोगमा किसानहरुले आफैं रोग, किराको पहिचान गर्नेदेखि बालि उत्पादनसँग सम्बद्ध समस्याहरुमा केन्द्रित भई सामूहिक खोज गर्ने हुँदा किसानहरुमा प्राविधिक र प्रविधिको ज्ञान बढ्दै गएको छ । 

Krishank25.jpg
कृषक पाठशाला सम्वन्धि आवश्यक जानकारी बारे प्रशिक्षक र प्राविधकसंग छलफलमा

पाठशालामा माटो तयारी गर्ने, नर्सरी राख्ने र विरुवा सार्नेदेखि उत्पादन हुँदासम्म देखिने रोग किराका बारेमा समेत जान्न पाएको लिङ्बा एकता महिला कृषक समुहका उपाध्यक्ष कृषक सुन्तली तमाङले बताउनुभयो । उहाँले भन्नुभयो, “बोट विरुवामा देखा पर्ने हरेक समस्याहरुको पहिचान गरेर सामुहिक रुपमा निष्कर्ष निकालिन्छ । पाठशालामा आएका सबै किसानले बुझने र आफ्नै हातले काम गर्न अवसर पाउँछन् ।” यही कारणले पाठशालाको किसानहरुको बिचमा महत्व रहेको समेत बताउनु भयो ।

कृषक पाठशालाः
किसानको घर घरमा गई आधुनिक कृषि प्रविधी सम्वन्धी जानकारी गराउन स्थानिय रुपमै प्राविधिकहरुको आवश्यकता पर्दछ । यस कार्यलाई मध्यनजर गरी स्थानियस्तरमै किसानहरुलाई उनीहरुको घरआगनमा गएर बाली अवधिभर बाली उत्पादनसंग सम्वन्धी समस्याहरुलाई केलाएर सहभागीता खोज र प्रयोगको आधारमा प्रत्यक्ष निगरानीमा बालीनाली उत्पादनका उच्च नविनतम अभ्यास गर्ने थलो नै कृषक पाठशाला हो ।

नेपालमा सर्वप्रथम कृषक पाठशाला पद्धतिको प्रयोग एकिकृत शत्रुजीव व्यवस्थापन कार्यका लागि भएको पाईन्छ । कृषक पाठशाला सञ्चालन कार्यबिधी २०७५ अनुसार  विश्वखाद्य तथा पोषण कार्यक्रमको सहयोग तत्कालिन मध्य तथा सदुुर पश्चिमाञ्चल क्षेत्रको १९ जिल्लामा कृषक पाठशाला अवलम्वन गरेको पाईन्छ । जसलाई २०७५ माघ २ गते स्विकृत कार्यपत्रमा उल्लेख गरेको पाईन्छ । 

कृषक पाठशाला किन सञ्चालन गरियो ?
ग्रामीण विकास टुकी संघले आफ्नो स्थापनाकाल वि.सं.२०४८ सालदेखि नै कृषिलाई केन्द्र विन्दुमा राखि एकिकृत ग्रामीण विकासका क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ । कृषि उत्पादनको क्षेत्रमा असन्तुलित रुपमा रासायनिक मलको प्रयोग बढदै गएर माटो विग्रदै गएर उत्पादनमा कमी आएको र रासायनिक बिषाधीको अत्यधिक प्रयोगले कृषि उत्पादन बिषाक्त हुँदै गएर अस्वस्थकर हुँदै गएको प्रमाणित हुँदै गयो । 

अर्को तर्फ यस्तो कार्यले वातावरणमा समेत नकारात्मक प्रभाव पर्दै गयो । यस पृष्ठभूमीमा रासायनिक खेती प्रणालीलाई न्यूनिकरण गर्दै प्राङ्गारिक अर्थात प्राकृतिक खेती प्रणालीको प्रवद्र्धनको लागि ग्रामीण विकास टुकी संघ, चरिकोट दोलखाको पनि प्रयास हुँदै आएको कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठ बताउनु हुन्छ ।

Krishak-fe.jpg
कृषक पाठशाला कक्षा समापन पश्चात सामुहिक फोटो सेसेनमा

यसै गरी कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर र वातावरणमा परेको नकारात्मक असरलाई अनुकुलन गर्दै प्राँगारिक अर्थात प्राकृतिक खेती प्रणाली प्रवद्र्धनको लागि एकिकृत शत्रु जीव व्यवस्थापन (क्ष्लतभनचबतभम एभकत ःबलबनझभलत(क्ष्एः) मा आधारीत कृषक पाठशाला (Integrated Pest Management-IPM) एउटा प्रभावकारी माध्यम भएको कुरा उहाँले बताउनु हुन्छ । 

यसै सन्दर्भमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको निकायहरु र परियोजनाहरुले पनि यसलाई अवलम्बन गरेर प्राप्त नतिजाहरुले पनि प्रष्ट गरेको देखियो । 

ग्रामीण विकास टुकी संघ र सिविन नेपालबाट फोरुट नर्वेको आर्थिक प्राविधिक सहयोगमा वि.सं.२०६५ सालदेखि दोलखा जिल्लाको विगु गाउँपालिका र कालिन्चोक गाउँपालिकामा सञ्चालन गर्दै आएको महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर सुधार परियोजना (ओसेलिप) को ५ वटा बिषय क्षेत्रहरु मध्ये खाद्य सुरक्षा र जीविकोपार्जन (Food Security and Livelihood) पनि एक रहेको छ ।  परियोजना क्षेत्रमा यस बिषय क्षेत्र अन्तर्गत वातावरण मैत्री कृषि प्रविधी (Climate Smart Agriculture Technology) प्रवद्र्धन गर्ने प्रयास गर्दै आए अनुसार चालु बर्ष सन् २०२५मा यो कृषक पाठशाला सञ्चालन गर्न शुरु गरिएको हो । 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार