Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भारतका वरिष्ठ पत्रकार तथा लेखक मार्क टलीको निधन

भारतका वरिष्ठ पत्रकार तथा लेखक मार्क टलीको निधन

नेपाल सम्वत् ११४६, सिल्लाथ्व ७, पञ्चमी (११ माघ, २०८२, २५ जनवरी, २०२६) आईतबार, बाँपिझ्याला । भारतका वरिष्ठ पत्रकार तथा लेखक मार्क टलीको निधन भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार आइतबार दिल्लीको एक निजी अस्पतालमा उनको निधन भएको हो। उनी ९० वर्षका थिए। मार्क टली केही समयदेखि बिरामी थिए र गत हप्तादेखि साकेतको म्याक्स अस्पतालमा उपचाररत थिए।

उनका नजिकका साथी सतीश ज्याकबले आइतबार दिउँसो मार्कको निधन भएको बताए। मार्क टलीको जन्म कोलकातामा भएको थियो।

उनले २२ वर्षसम्म बीबीसीको नयाँदिल्ली ब्युरो प्रमुखका रूपमा काम गरेका थिए। उनी एक प्रसिद्ध लेखक र बीबीसी रेडियो ४ कार्यक्रम ‘समथिङ अन्डरस्टुड’का प्रस्तोता पनि थिए। 

उनले १९८० को दशकमा खालिस्तानी आतंकवादी जर्नेल सिंह भिन्द्रनवालेको अन्तर्वार्ता लिएका थिए। उनलाई २००२ मा नाइटको उपाधि दिइएको थियो र २००५ मा भारत सरकारले पद्मभूषण प्रदान गरेको थियो।

मार्क टलीले भारतमा धेरै पुस्तक लेखेका छन्। जसमा ुनो फुल स्टप्स इन इन्डियाु, इन्डिया इन स्लो मोसनु र द हार्ट अफ इन्डिया छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार