Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

सरस्वती पूजाको अवसरमा सलिनाले ल्याइन् ‘सरस्वती वन्दना’

सरस्वती पूजाको अवसरमा सलिनाले ल्याइन् ‘सरस्वती वन्दना’

नेपाल सम्वत् ११४६, सिल्लाथ्व ७, पञ्चमी (११ माघ, २०८२, २५ जनवरी, २०२६) आईतबार, बाँपिझ्याला । सरस्वती पूजाको अवसर पारेर आज ९माघ ९ गते० ‘सरस्वती वन्दना’ गीत सार्वजनिक गरिएको छ।

गायिका सलिना विकले नै कम्पोज गरेको यो भक्ति वन्दनामा ध्रुव केसीका शब्द छन्। गायनमा सलिनालाई बाल गायक सम्यन्त प्रधानले साथ खिएका छन्। ज्ञान, बुद्धि, संगीत र शिक्षाको दिव्य प्रतीक देवी सरस्वतीलाई समर्पित गर्दै यो सरस्वती वन्दना सार्वजनिक गरिएको उनीहरूले बताएका छन्। 

सरस्वतीको कृपाले सबैमा विचारको स्पष्टता, सृजनशील चेतना र आत्मिक प्रबोधन प्राप्त होस् भन्ने कामना गर्दै यो भक्तिपूर्ण रचना विद्यार्थी, शिक्षक, कलाकार तथा ज्ञान र विवेकको खोजीमा रहेका सबै साधकका लागि आशीर्वाद प्राप्त गर्ने विनम्र प्रयास भएको उनीहरूको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार