नेपाल सम्वत् ११४६, सिल्लाथ्व ३, प्रतिपदा (७ माघ, २०८२, २१ जनवरी, २०२६) बुधबार, बाँपिझ्याला । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ ।
त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ ।
बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने छ । यसपटक फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएका कारण एसइई गत वर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो । गत वर्षको एसइई चैत ७ गतेदेखि सञ्चालन भएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij