Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

स्पेनमा दुईवटा रेल दुर्घटना, कम्तिमा २१ जनाको मृत्यु

स्पेनमा दुईवटा रेल दुर्घटना, कम्तिमा २१ जनाको मृत्यु

नेपाल सम्वत् ११४६, सिल्लाथ्व १, प्रतिपदा (५ माघ, २०८२, १९ जनवरी, २०२६) सोमबार, बाँपिझ्याला । स्पेनमा दुईवटा रेल दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । अधिकारीहरूले मृतक संख्या बढ्न सक्ने बताएका छन् । स्पेनका यातायात मन्त्री ओस्कर पुएन्टेले घटनामा ३० भन्दा बढी गम्भीर घाइते रहेको जानकारी दिएका छन् । 

दक्षिण स्पेनको मालागाबाट म्याड्रिड जाँदै गएको एक उच्च गतिको रेल लिकबाट आउट अर्को ट्रयाकमा पुगेर ठोक्किएको थियो । यो रेल मालागाबाट हि‌ंडेको १० मिनेटपछि कोर्डाबास्थित अडामुजमा पुगेर दुर्घटना भएको रे वे कम्पनीले जनाएको छ । यसमा ३ सयजना यात्रु सवार थिए । केही समयपछि, म्याड्रिडबाट हुएल्भा जाँदै गरेको विपरीत दिशामा यात्रा गरिरहेको दोस्रो रेल पनि त्यहीँ आएर ठोक्कियो ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशले देशले ‘गहिरो पीडा’ व्यहोर्नुपरेको बताएका छन् । यस घटनाबारे अनुसन्धान हुने उनले बताए । रेलको भग्नावशेषमा फसेका जीवित मानिस र मृतकको शव निकाल्न अफ्टेरो भइरहेको उद्धारकर्मीहरुले बताएका छन् ।

यस दुर्घटनापछि म्याड्रिड र एन्डालुसिया बीचका सबै रेल सेवाहरू स्थगित गरिएका छन् । स्पेनका राजा फिलिप छैटौं र रानी लेटिजियाले मृतकप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार