नेपाल सम्वत् ११४६, प्वहेलागाः १० दशमी (२९ पौष, २०८२, १३ जनवरी, २०२६) मंगलबार, बाँपिझ्याला । राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन्। यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदै छ।
पहिले कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने परम्परा पछिल्लो समय अन्य जातजातिमा समेत लोकप्रिय बन्दै गएको छ। विभिन्न समुदायले भाक्कालाई रुचाउन थालेपछि यसको पहिचान र संरक्षणका लागि पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउने परम्परा सुरु गरिएको हो।
भाक्का राजवंशी समुदायको परम्परागत परिकार हो, जुन विशेषगरी हिउँद याममा बढी खाने गरिन्छ । चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भाक्का सामान्यतया चटनीसँग खाने गरिन्छ । स्वादिलो मात्र नभई स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिने भाक्कालाई पूर्वी नेपालको एक प्रमुख परिकारका रूपमा लिइन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij