नेपाल सम्वत् ११४६, प्वहेलागाः ९ नवमी (२८ पौष, २०८२, १२ जनवरी, २०२६) सोमबार, बाँपिझ्याला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने जिद्दीमा अडिग छन् । तर, अहिले ३१ देशहरू मिलेर ‘आर्कटिक सेन्ट्री’ मिसनको योजना बनाइरहेका छन् । यी देशहरू नेटोमार्फत अमेरिकालाई रोक्ने तयारीमा छन् ।
यदि अमेरिकाले हमला गरेमा नेटोका सबै सदस्य राष्ट्रहरू अमेरिकाको यस कदमको विरोधमा उत्रिने तयारीमा छन् । त्यसो भए आखिर यो ‘आर्कटिक सेन्ट्री’ मिसन के हो त रु
ग्रीनल्यान्डको सुरक्षाका लागि नेटोको आर्कटिक मिसन
वासिङ्टनदेखि कोपेनहेगनसम्म यतिबेला हलचल मच्चिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि एकपटक ग्रीनल्यान्डमाथि गिद्धे नजर लगाएका छन् । यो आर्कटिक टापु अमेरिकाको सुरक्षाका लागि अत्यन्तै जरुरी रहेको उनको दाबी छ ।
तर, यसपटक मामिला निकै गम्भीर मोडमा पुगेको छ । ३१ वटा देशहरू मिलेर एउटा गोप्य मिसन चलाइरहेका छन्, जसको नाम ‘आर्कटिक सेन्ट्री’ राखिएको छ । यसको मुख्य उद्देश्य ट्रम्पको यो महत्त्वाकांक्षालाई रोक्नु हो र आवश्यकता परेमा अमेरिकाविरुद्ध सेना नै उतार्नेसम्मको तयारी गरिएको छ ।
के हो यो मिसनको वास्तविकता ?
द टेलिग्राफको रिपोर्टका अनुसार, यो कुनै फिल्मी कथा नभई वास्तविक भू–राजनीतिक दाउपेच हो । युरोपेली देशहरू, क्यानडा र केही एसियाली सहयोगीसहित ३१ देशले यो योजना बनाएका हुन् । यसको केन्द्रमा आर्कटिक क्षेत्रको सुरक्षा छ, जहाँ ग्रीनल्यान्ड सबैभन्दा ठूलो हिस्सा हो । खनिज सम्पदाले भरिपूर्ण यो टापु जलवायु परिवर्तनका कारण थप महत्त्वपूर्ण बनेको छ ।
यो मिसनअन्तर्गत यी देशहरूले सैन्य अभ्यास, गुप्तचर सूचना आदानप्रदान र कूटनीतिक दबाब दिइरहेका छन् । यदि अमेरिकाले ग्रीनल्यान्ड कब्जा गर्ने प्रयास गरेमा यी देशहरूले नेटोको ‘आर्टिकल ५’ प्रयोग गरी सामूहिक रक्षामा उत्रनेछन् । यसको अर्थ अमेरिकामाथि नै हमला हुन सक्छ । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले बीबीसीलाई भनिन्, “यदि अमेरिकाले कुनै नेटो सदस्य राष्ट्रमाथि आक्रमण गर्यो भने नेटोको अन्त्य हुनेछ । यसले दोस्रो विश्वयुद्धपछिको सुरक्षा व्यवस्थालाई नै समाप्त गरिदिनेछ ।”
ट्रम्प किन ग्रीनल्यान्डका लागि मरिहत्ते गर्दै छन् ?
ट्रम्प ग्रीनल्यान्डलाई धेरै वर्षदेखि अमेरिकामा मिलाउन चाहन्छन् । सन् २०१९ मा पनि उनले ग्रीनल्यान्ड ‘किन्ने’ कुरा गरेका थिए, तर अहिले उनी थप आक्रामक देखिएका छन् ।
हालै भेनेजुएलाको सैन्य अपरेसन सफल भएपछि ट्रम्पलाई अब उनी जुनसुकै देशसँग जे पनि गर्न सक्छन् भन्ने लागेको छ । उनी भन्छन्, “ग्रीनल्यान्ड अमेरिकाको सुरक्षाका लागि अनिवार्य छ । यदि हामीले लिएनौँ भने रुस वा चीनले कब्जा गर्नेछन् ।”
ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ स्टिफन मिलरले सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “सैन्य विकल्प सधैँ खुला छ । संसार शक्तिद्वारा चल्छ ।” ट्रम्पको विश्वास के छ भने आर्कटिकमा अमेरिकी बेस बढाउँदा चीन र रुसलाई चुनौती दिन सकिन्छ ।
३१ देशको एकजुटता युद्ध कि कूटनीति ?
अमेरिका जस्तो शक्तिशाली देशको अगाडि उभिने यी ३१ देशहरूमा मुख्यतया बेलायत, फ्रान्स, जर्मनी, इटाली, क्यानडा आदि नेटो सदस्यहरू छन् । यसका साथै, आर्कटिक काउन्सिलका केही तटस्थ देशहरू पनि यसमा सामेल छन् । उनीहरूको योजनाले सुरुमा कूटनीतिक माध्यमबाट ट्रम्पलाई रोक्ने छ, तर नमानेमा सैन्य प्रतिक्रिया दिनेछ ।
डेनिस प्रधानमन्त्रीले ट्रम्पले ग्रीनल्यान्डमाथि आक्रमण गरेमा नेटो समाप्त हुने स्पष्ट रूपमा भनेकी छन् । युरोपेली नेताहरूका अनुसार, ग्रीनल्यान्डका जनताको इच्छा नै सर्वोपरि हो र त्यहाँका प्रधानमन्त्रीले आफूहरू स्वतन्त्र रहन चाहेको बताएका छन् ।
अब के होला ?
ट्रम्प अझै पनि पछि हट्ने मुडमा छैनन् । उनले भनेका छन्, “हामी सजिलो तरिकाले गर्नेछौँ वा कठिन तरिकाले ।” तर, ३१ देशको यो एकजुटताले अमेरिकालाई एक्लो पार्न सक्छ । विज्ञहरूका अनुसार, यदि हमला भयो भने विश्वको शक्ति सन्तुलन नै बदलिनेछ, नेटो फुट्नेछ र नयाँ सैन्य गठबन्धनहरू बन्नेछन् । के ट्रम्पले सम्झौता गर्नेछन् वा युद्ध रोज्नेछन् ? यो त समयले नै बताउनेछ, तर ‘आर्कटिक सेन्ट्री’ मिसनले विश्व राजनीतिमा ठूलो हलचल ल्याइदिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij