नेपाल सम्वत् ११४६, प्वहेलागाः ९ नवमी (२८ पौष, २०८२, १२ जनवरी, २०२६) सोमबार, बाँपिझ्याला । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा सानो लोकल प्रतिकिलो रु ७५, गोलभेँडा सानो टनेल प्रतिकिलो रु १००, गोलभेँडा सानो भारतीय प्रतिकिलो रु ९०, गोलभेँडा सानो तराई प्रतिकिलो रु १०० र प्याज हरियो प्रतिकिलो रु ५० रहेको छ ।
यस्तै, गाजर लोकल प्रतिकिलो रु ७०, गाजर तराई प्रतिकिलो रु ६०, बन्दा लोकल प्रतिकिलो रु ६०, बन्दा तराई प्रतिकिलो रु ५०, बन्दा नरिबल प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ८०, सेतो मूला लोकल प्रतिकिलो रु २०, सेतो मूला हाइब्रिड प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९० र मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घीउ सिमी लोकल प्रतिकिलो रु १५०, घीउ सिमी हाइब्रिड प्रतिकिलो रु १२०, घीउ सिमी राजमा प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी लाम्चो प्रतिकिलो रु ५०, हरियो फर्सी डल्लो प्रतिकिलो रु ५५, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ८० र पिँडालु प्रतिकिलो रु ९० कायम गरिएको छ ।
बकुला प्रतिकिलो रु १००, च्याउ ९कन्य० प्रतिकिलो रु १८०, च्याउ डल्ले प्रतिकिलो रु ४५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु २००, गाँठकोभी प्रतिकिलो रु ८०, कागती प्रतिकिलो रु १०० र सुन्तला ९नेपाली० प्रतिकिलो रु १४५ तोकिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो रु ९०, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो बुलेट प्रतिकिलो रु १२०, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु ६००, खुर्सानी हरियो माछे प्रतिकिलो रु ११०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २२०, ताजा माछा रहु प्रतिकिलो रु ३४० निर्धारण गरिएको समितिले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij