Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

इन्डियन आइडल सिजन ३ का विजेता ख्याती प्राप्त गायक प्रशान्त तामाङको निधन

इन्डियन आइडल सिजन ३ का विजेता ख्याती प्राप्त गायक प्रशान्त तामाङको निधन

नेपाल सम्वत् ११४६, प्वहेलागाः ७ अष्ठमी (२७ पौष, २०८२, ११ जनवरी, २०२६) आईतबार, बाँपिझ्याला । सांगीतिक जगतमा एक समय अत्यन्तै लोकप्रिय नाम थियो, प्रशान्त तामाङ ।

दार्जीलिङ निवासी नेपाली मुलका तामाङ इन्डियन आइडल सिजन ३ का विजेता हुन् । सन् २००७ मा आफ्नो स्वर र व्यक्तित्वले नेपाली र भारतीय दर्शक–श्रोताको मन जिते ।

पछिल्ला वर्षमा उनी गायनभन्दा फिल्ममा बढी व्यस्त देखिन्थे । र, हालै बलिउडमा डेब्यू गरेका थिए । गायन र अभिनयसँगै उनको सरल जीवनशैलीले उनी धेरै युवाका लागि प्रेरणा बनेका थिए । तर त्यही प्रेरणादायी पात्र ४२ वर्षकै उमेरमा अचानक यो संसारबाट बिदा भए । कारण थियो, ‘कार्डियाक अरेस्ट’।

पछिल्लो केही वर्षमा नेपालमा मात्रै नभई विश्वभर नै ‘हिँड्दै गर्दा ढलेर मृत्यु भयो’, ‘सुतिरहेकै अवस्थामा बिते’, ‘जिम गइरहेका युवा अचानक बेहोस भए र बच्न सकेनन्‌’ जस्ता समाचार तीव्र गतिमा बढिरहेका छन् ।

पछिल्लो केही वर्षमा नेपालमा मात्रै नभई विश्वभर नै ‘हिँड्दै गर्दा ढलेर मृत्यु भयो’, ‘सुतिरहेकै अवस्थामा बिते’, ‘व्यायम गरिरहेका युवा अचानक बेहोस भए, बच्न सकेनन्’, बोल्दाबोल्दै ढले’ जस्ता खबर धेरै आउने गर्छन् ।

यसरी अचानक हुने मृत्युलाई प्रायः हृदयघात भनेर बुझिन्छ, तर चिकित्सा विज्ञानले देखाएको यथार्थ फरक छ । धेरैजसो यस्ता घटनाको वास्तविक कारण ‘कार्डियाक अरेस्ट’का अर्थात् अचानक मुटु बन्द हुनु रहेको चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार