Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

गौरीशंकर क्याम्पस चरिकोटमा क्षयरोग सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

गौरीशंकर क्याम्पस चरिकोटमा क्षयरोग सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपाल सम्वत् ११४६, प्वहेलागाः ४ पञ्चमी (२४ पौष, २०८२, ८ जनवरी, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाल क्षयरोग संस्था जिल्ला शाखा दोलखाको आयोजनामा गोैरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटका विद्यार्थीहरसँग क्षयरोग सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

संस्थाको अध्यक्ष हर्कबहादुर श्रेष्ठको सभापतीत्वमा संचालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि जनस्वास्थ्य प्रमुख दिलेन्द्र बुढामगरको उपस्थिती रहेको थियो ।

यसै गरी अतिथिहरु सह–क्याम्पस प्रमुख बालकृष्ण फुयाल, जनस्वास्थ्य निरीक्षक मनोज तमाङ, दोलखा स्वास्थ्य चौकी इन्चार्ज टेकबहादुर राउत हुनु हुन्थ्यौ । कार्यक्रममा कक्षा ११ र १२ का  ६७ जना विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षक द्वय जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठ र जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरेबाट सहजिकरण गर्नु भएको थियो भनी समाजसेवी तिर्थबहादुर जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार