नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः १३ त्रयोदशी (१७ पौष, २०८२, १ जनवरी, २०२६) बिहीबार, बाँपिझ्याला । फिल्म ‘खुस्मा’ मा समावेश गीत ‘रुकुम मैकोट’ सर्वाधिक हेरिने दोस्रो नेपाली गीत बनेको छ। एसडी योगी र शान्तिश्री परिवारको स्वर रहेको यो छोटो समयमै धेरै हेरिने नेपाली गीतको दोस्रो नम्बरमा परेको हो।
सार्वजनिक भएको १६ महिनामा यस गीतलाई १६ करोड ४० लाख पटक हेरिएको छ। यसअघि १६ करोड ३८ लाख हजार भ्युज रहेको ‘माया लुकी लुकी’ दोस्रो स्थानमा थियो। त्यसको रेकर्ड तोड्दै ‘रुकुम मैकोट’ ले यो सफलता हासिल गरेको हो।
टिकटक र रिल्समा भाइरल बनेको यस गीतले निकै चर्चा बटुलेको थियो। जसकारण यो गीत ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो। सुरेन्द्र रानाको शब्द रहेको ‘रुकुम मैकोट’ का संगीत निर्देशक एसडी योगीनै हुन्। गीतको भिडिओमा धिरज मगर र उपासना ठकुरी फिचर्ड छन्।
युट्युवमा सर्वाधिक हेरिने गीतको पहिलो नम्बरमा भने फिल्म ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ रहेको छ। ८ वर्षअघि सार्वजनिक यस गीतलाई २३ करोड बढी हेरिएको छ। गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij