नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः १० दशमी (१५ पौष, २०८२, ३० डिसेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । श्री पशुपति कन्या मन्दिर माध्यमिक विद्यालय चरिकोटले ४०औं बार्षिक उत्सव सम्पन्न भएको छ। उत्सवमा ३३ जना विद्यार्थीलाई छात्रवृत्ति, पुर्व शिक्षक र विद्यालय कर्मचारीलाई सम्मान गरिएको छ । यसै गरी विद्यालय स्तरिय खेलकुद, हाजिर जवाफ, कविता प्रतियोगीता, हिसाब दौडका विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।
कक्षा १ देखि १० सम्म प्रथम स्थान हासिल गर्ने विद्यार्थी, उत्कृष्ट पढने विद्यार्थी, गरिव जेहेन्दार विद्यार्थी, विद्यालय स्तरिय खेलकुद, हाजिर जवाफ, कविता प्रतियोगीता, हिसाब दौडमा प्रथम, दितिय, तृतीय हुने विद्यार्थीहरू गरि जम्मा ५१ जनालाई नगद तथा स्टेशनरी प्रदान गर्दै पुरस्कृत गरिएको छ भनी प्रधानाध्यापक राजेश बस्नेतले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिका नगर प्रमुख ईस्वरनारायण मानन्धरले ४०औ बार्षिक उत्सवको उद्घाटन गर्दै अब्वल शैक्षिक जनशक्ति उत्पादनको लागि विद्यालयलाई नगरपालिका जस्तोसुकै सहयोग गर्ने पनि तयार रहेको बताउनुभयो । हामीले शैक्षिक क्षेत्रमा बिगत देखि बर्तमान सम्म कुनै पनि कुरा अभाव बनाएका छैनौ। आगामी दिनमा के कस्तो सहयोगको अपेक्षा विद्यालयले गर्छ सबै पूरा गर्ने छौ। तर अभिभावक, बर्तमान समयले खोजेको क्षमातावन विद्यार्थी उत्पादन गर्ने जिम्मा विद्यालय परिवारको जिम्मेवारी रहेको बताउनु भयो ।
भखरै मात्र पशुपति कन्या मन्दिर माविकि छात्रा विपना नेपालीले पुर्ण छात्रवृत्तीमा एमविविएस अध्यानको लागि नाम निकाल्न सफल भएको विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको मेयर मानन्धरले खुलेर प्रसंशा समेत गर्नु भयो ।छात्रा विपना नेपालीलाई नगरपालिकाले सक्दो सहयोग गर्ने मौखिक प्रतिबद्धा समेत जाहेर गर्नुभयो ।
समाजिक क्षेत्रमा ,स्वास्थका क्षेत्र ,सरकारी सेवामा,अब्वल विद्यार्थी उत्पादन गर्न सफल कन्या मन्दिर माविले जिल्ला स्तरमा एसएलसी ,एसईई परिक्षामा जिल्ला प्रथम समेतका ल्याउन सफल छात्रहरूलाई ४० बार्षिक उत्सवमा सम्मान समेत गर्नु भएको छ। सोही अबसरमा भिनपा ४ कि शुसिला सापकोटा लाई मेयर मानन्धरले सम्मान गर्नुभएको हो।
सोही अबसरमा उप्रमुख कमला बस्नेतले जिल्लाको एक मात्र छात्र मात्र पढ्ने विद्यालय भएकोले पढ्दै कमाउदै कार्यक्रम नगरपालिका रहेको विद्यालय प्रशासनको ध्यानाकर्षण गराउनु भएको छ। छात्रहरूको आर्थिक समुन्नतिका लागि सिप सिकाउन यो कार्यक्रम कोशेढुङ्गा सावित हुनेछ, तपाईहरु अघि बढ्नुस भन्ने उपप्रमुख बस्नेतले आह्वान समेत गर्नु भयो ।
शैक्षिक उपलब्धि मापन गर्न एसईईको परिक्षालाई हेरिने भएकोले श्री पशुपति कन्या मन्दिर मा.वि.का कक्षा १० का छात्रहरूलाई तीन महिना बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म विद्यालयमा राखी पढाइ संचालन गर्न नगरपालिकाले थप आर्थिक सहयोग गरेको उपप्रमुख बस्नेतले बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष अनिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न ४०औं बार्षिक उत्सवलाई छिमेकी विद्यालय कालिञ्चोक मा.वि.का प्रधानाध्यापक शम्भु गौतम, चरिकोट क्याम्पसका प्रमुख नवराज न्यौपाने, निवर्तमान प्रधानध्यापक गोविन्द मानन्धर, कानुन व्यवसायी समाजसेवी पुर्व विद्यार्थी शुसिला शर्मा सापकोटा, छात्रा विपना नेपाली र समानित पुर्व शिक्षक भुवनेश्वर प्रधान लगायतका वक्ताले सम्वोधन गर्नु भएको थियो ।
४० औं बार्षिक उत्सव समारोहमा प्रधानाध्यापक राजेश बस्नेतले विद्यालयको आर्थिक, शैक्षिक अबस्थाको सार्वजनिक गर्नुभएको थियोे । नमुना विद्यालय बनाउने अभियानमा लागि परिरहेकोले सहयोग गर्न विविस, अभिभावक, विद्यार्थी र सरोकारवालाहरूमा प्रधानध्यापक बस्नेतले आग्रह गर्नु भएको छ ।
फोटोः दिपशंकर चौलागाईं
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij