नेपाल सम्वत् ११४६, थिंलागाः १३ त्रयोदशी (२ पौष, २०८२, १७ डिसेम्वर, २०२५) बुधबार, बाँपिझ्याला, दोलखा । दोलखा जिल्लाको उत्तरी क्षेत्रको केन्द्रविन्दु मानिने सिँगटी बजारमा यहि पुस १० गते एक दिने कृषि प्रर्दशनी मेला हुने भएको छ ।
जिल्लाको गौरीशंकर, विगु र कालिञ्चोक गाउँपालिकाको मुख्यतया व्यावसायिक केन्द्र सिंगटी बजार रहेको छ । यही केन्द्रविन्दुमा एक दिने कृषि प्रर्दशनी मेला गर्न लागिएको उद्योग बाणिज्य संघ सिँगटी शाखाका अध्यक्ष उमेश श्रेष्ठले बताउनु भयो ।
दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाको आयोजना, गौरीशंकर, विगु र कालिञ्चोक गाउँपालिकाको समन्वय तथा ग्रामिण विकास टुकी संघ चरिकोट दोलखा अन्तर्गत सिविन नेपालद्धारा सञ्चालित ओसेलीप परियोजनाको आर्थिक सहयोगमा कृषि प्रर्दशनी गर्न लागिएको हो ।
मेलामा तीन वटा पालिकाका कृषक, कृषक समुह, कृषि सहकारीहरुले उत्पादन गरेका दुग्ध पदार्थका, फलफुल र तरकारी प्रर्दशनी गरिने उद्योग बाणिज्य संघ सिँगटी शाखा दोलखाले जनाएको छ । यस प्रर्दशनीमा सम्पूर्ण दोलखा जिल्लाका कृषक तथा शुभचिन्तक जिल्लावासीहरुलाई उपस्थितीको लागि हार्दिक आग्रह सहीत अनुरोध अध्यक्ष श्रेष्ठले गर्नु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij