नेपाल सम्वत् ११४६, थिंलागाः ११ एकादशी (२९ मंसिर, २०८२, १५ डिसेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । नेपाल भाषाका लोककवि राजभाइ जकःमिलाई नेपाः रत्नको उपाधिसहित सार्वजनिक अभिनन्दन गरिएको छ । नेपाल कला संस्कृति उत्थान समाजद्वारा कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा आयोजित सार्वजनिक अभिनन्दन समारोहमा लोककवि जकःमिलाई ध्वाकासी दाफा खलः लगायतका धिमे बाजा बजाएर नगरवासीको सहभागितामा कीर्तिपुर नगर परिक्रमा गराइएको थियो ।
नेपाल कला संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डङ्गोलले नेपाल भाषाको माध्यमबाट पढाइने जगतसुन्दर ब्वनेकुथि स्कुल स्थापना गरी राणा र पञ्चायतकालमा झन्डै लोप भइसकेको नेपाल भाषा, संस्कृतिको उत्थानमा विशेष योगदान पु¥याउनुभएकोमा नेपाः रत्न उपाधि प्रदान गर्दै लोककवि जकःमिलाई सार्वजनिक अभिनन्दन गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा लोककवि जकःमिलाई मातृभाषा, कला, संस्कृतिको जागरणका लागि गीत, कविता सिर्जना गरी स्वदेश तथा विदेशमा समेत जागरण फैलाउन विशेष योगदान पु¥याउनुभएकोमा हलिं नेवाः दबु अमेरिका, वल्र्ड नेवाः अर्गनाइजेसन, पासाः पुचः अमेरिका नेवाःदेय् दबु, क्रोधकला शिरोमणि प्रतिष्ठान, इन्द्रेणी सांस्कृतिक समाज, नेवाः सांस्कृतिक किपु टेङ्ग पाँहा खलः येंलगायतले ताम्रपत्र, विभिन्न उपहारसहित अभिनन्दन गरिएको थियो ।
हास्यव्यङ्ग्यकार (ख्यालिजुजु) मदनकृष्ण श्रेष्ठले शारीरिक कमजोरीमा समेत समारोहमा उपस्थित भई लोककवि जकःमिद्वारा लिखित ‘जिमि बाज्याँ कना तगु झिगु देय् च्वन्हया हँ ब्वल’ को जागरण मार्मिक गीत प्रस्तुत गर्नुभयो । कवि जकःमिले लेख्नुभएको जागरणमूलक छ वटा गीत गाएको स्मरण गर्दै कलाकार श्रेष्ठले कीर्तिपुर पाङ्गामा जन्मिनुभएका कवि विश्वका नेवार भाषा, कला, संस्कृतिको सर्जकका रूपमा पहिचान बनाउन सफल विज्ञ हुनुभएको बताउनुभयो ।
प्रदेशका मन्त्री पुकार महर्जन र कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलद्वारा अभिनन्दित व्यक्तित्व जकःमिद्वारा लिखित किपुदेय्या तजिलजि कवितासङ्ग्रहको लोकार्पण गर्नुभयो । अभिनन्दित व्यक्तित्व लोककवि जकःमिले आफू महान् गुरुहरू सुखाराम महर्जन, ईश्वरानन्द श्रेष्ठाचार्य र जनकवि दुर्गालाल श्रेष्ठको पदचापलाई पछ्याउँदै यो सम्मान प्राप्तिको मञ्चसम्म पुग्न सफल भएको भन्दै गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
श्रीकुमारी मावि जोशीदेगलका शिक्षक रामकृष्ण महर्जनद्वारा निर्देशित चलाख खरायोले जङ्गलका राजा मानिने सिंहलाई पनि इनारमा खसालेर हत्या गर्न सफल खरायोचा सिंहको कथामा आधारित मार्मिक बालनाटिका मञ्चन भएको सो सभामा पवित्र कसाःले लोककवि जकमिले लेख्नुभएको गीत प्रस्तुत गर्नुभएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij