Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

बुबाको सस्मरणमा बाबाराजा श्रेष्ठबाट राजकुलेश्वरलाई फर्निचर र विद्यार्थीलाई न्यानो टोपी वितरण

बुबाको सस्मरणमा बाबाराजा श्रेष्ठबाट राजकुलेश्वरलाई फर्निचर र विद्यार्थीलाई न्यानो टोपी वितरण

नेपाल सम्वत् ११४६, थिंलागाः १० दशमी (२८ मंसिर, २०८२, १४ डिसेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका वडा नं. २ पिङ्गल निवासी दिवंगत धर्मात्मा श्रेष्ठको आठौं बार्षिक तिथिको पुण्य स्मृतिमा छोरा बाबाराजा श्रेष्ठबाट राजकुलेश्वर आधारभूत विद्यालयमा अफिस फर्निचर तथा विद्यार्थीहरूलाई न्यानो ऊनको टोपी वितरण गरिएको छ । 

दिवंगत धर्मात्मा श्रेष्ठको आठौँ स्मृति तिथीको अवसरमा राजकुलेश्वर आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा उहाँकी धर्मपत्नी मंगला श्रेष्ठ, सुपुत्र बाबाराजा श्रेष्ठ तथा बुहारी प्रज्ञा ढुंगेल श्रेष्ठ को सहभागिता रहेको थियो।

Raj1.jpg

कार्यक्रम भीमेश्वर नगरपालिकाका प्रवक्ता वडा नं. ४ का वडाध्यक्ष तारानाथ चौलागाईंको प्रमुख आतिथ्यमा राजकुलेश्वर आधारभूत विद्यालयको सभा कक्षमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालय प्रशासन र शिक्षकहरूका लागि आवश्यक अफिस फर्निचर तथा विद्यार्थीहरूका लागि जाडोबाट बच्न न्यानो ऊनको टोपी वितरण गरिएको थियो।

उक्त सामग्री लायन्स इन्टरनेशनल,District ३२५D, MD ३२५ नेपाल अन्तर्गत L/Y २०२५–२०२६ को पहलमा सौजन्य प्राप्त भएको हो। साथै दिवंगत धर्मात्मा श्रेष्ठको स्मृतिमा उहाँकी धर्मपत्नी मंगला श्रेष्ठ ज्यूको विशेष सौजन्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रम लायन्स क्लब अफ काठमाडौं सुजनशील (१५०९७६) र लायन्स क्लब अफ काठमाडौं गुप्तिगणेश (१२६६१) को संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अतिथी र उपस्थित महानुभावहरुलार्य विद्यालयका प्रधानध्यापक कृष्ण प्रसाद दाहालले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो । यसै गरी विशेष अतिथी विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष युवा समाजसेवी अजय प्रधानले सहयोगिहरुलाई धन्यवाद दिदै मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमका आयोजक तथा सहयोगि लायन्स कल्बका लायन बाबाराजा श्रेष्ठ र  सकेण्ड भाईस गभर्नर लायन धर्म शरण श्रेष्ठले विद्यालय र विद्यार्थिहरुलाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्दै आ–आफ्नो तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ काठमाडौं सृजनशीलका अध्यक्ष लायन रामचन्द्र सिपाही तथा लायन्स क्लब अफ काठमाडौं गुप्ती गणेशका अध्यक्ष लायन प्रकाश मणि पौडेलले संयुक्त रूपमा गर्नुभएको थियो।

विद्यार्थिहरुले अतिथिहरुलाई नृत्य देखाएर मनरोन्जन दिएका थिए । कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न तथा विद्यार्थीहरूलाई प्रत्यक्ष राहत पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार