नेपाल सम्वत् ११४६, थिंलागाः ९ नवमी (२७ मंसिर, २०८२, १३ डिसेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । ललितपुर महानगरपालिका–१६ ले वडा भित्र रहेका सबै व्यवसायिक तथा गैर–व्यवसायिक संस्था, बैंक, पसल, संघ–संस्थाहरूलाई आगामी माघ १ गतेभित्र अनिवार्य रूपमा नेपाल भाषा (नेवार) रञ्जना लिपि साइनबोर्डमा समावेश गर्न पुनः अनुरोध गरेको छ।
वडाध्यक्ष निर्मल रत्न शाक्यका अनुसार तोकिएको समयसीमा भित्र रञ्जना लिपि प्रयोग नगर्ने संस्थाहरूलाई वडा कार्यालयको निर्णयअनुसार नवीकरण रोक्का गरिनेछ। साथै, ढिलो दस्तुर तथा कानुनअनुसार जरिवाना समेत लाग्ने चेतावनी दिइएको छ।
यसअघि पनि वडाले विभिन्न माध्यमबाट सूचना जारी गर्दै रञ्जना लिपिको संरक्षण, प्रवर्द्धन र पहिचान मजबुत बनाउन साइनबोर्डमा अनिवार्य रूपमा यसको प्रयोग गर्न आग्रह गर्दै आएको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij