नेपाल सम्वत् ११४६, थिंलागाः ७ सप्तमी (२५ मंसिर, २०८२, ११ डिसेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । प्राचिन शहर दोलखाको मुटुमा रहेको भीमेश्वर नगरपालीका वडा नं. २ को कार्यालय दोलखाको आज विधिवत उद्घाटन सम्पन्न गरिएको छ ।
भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रमको प्रमुख अतिथी भीमेश्वर नगरपालीकाका प्रमुख ईस्वरनारायण मानन्धरको बाहुल्यताबाट वडा कार्यालय उद्घाटन गरिएको हो ।
यसै गरी अतिथीहरुमा नेकपा एमाले दोलखा जिल्ला सचिवालय सदस्य ज्ञानेन्द्र प्रधान, नेपाली कम्युनिष्ट पार्टी भीमेश्वर नगर सचिव अजय प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका नेता विरशंकर शाही र भीमेश्वर नगरपालीकाका प्रशासकिय अधिकृत विष्णु प्रसाद सुवेदीज्यूको उपस्थिती रहेको थियो ।
उपस्थिती प्रमुख अतिथी नगर प्रमुख ईस्वरनारायण मानन्धर, प्रशासकिय अधिकृत विष्णु प्रसाद सुवेदी र पार्टी प्रतिनिधीहरु ने.क.पा. (एमाले) जिल्ला सचिवालय सदस्य ज्ञानेन्द्र प्रधान, नेकपा भीमेश्वर नगरपालीका सचिव अजय प्रधान, राप्रपा दोलखाका नेता विरशंकर शाही र पूर्व प्रधानपञ्च देवेन्द्रनारायण प्रधानले आ–आफ्नो तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
भीमेश्वर नगरपालीका शाखा अधिकृत ज्ञानु खड्का द्वारा संचालित उक्त कार्यक्रममा वडा कार्यालयले उद्घाटन गर्नु पूर्व नेवारी परम्परा अनुसार विधिवत पूजाआजा सम्पन्न गरी ताम्रपत्र वाचन गरिएको थियो । यो संगै नगर प्रमुख ईस्वरनारायण मानन्धरले रिवन काटेर वडाकार्यालयको विधीवत उद्घाटन गरिएको हो ।
नवनिर्मीत वडाकार्यालयमा बैठक कक्ष, कार्यकक्ष, लगायतका कोठाहरु रहेको र आज उद्घाटन पश्चात प्रमुख अतिथी, अतिथीज्यूहरु लगायत स्थानिय वासिन्दाहरुले उक्त कोठाहरुको अवलोकन गरिएको थियो भनी वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भयो ।
यसै गरी उक्त वडाकार्यालय बनाउनको लाग कुल १ करोड २३ लाख २९ हजार ६१७ रुपैयाँ खर्च भएको समेत वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij