नेपाल सम्वत् ११४६, थिंलागाः ६ षष्ठी ९२४ मंसिर, २०८२, १० डिसेम्वर, २०२५० बुधबार, बाँपिझ्याला । प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट थप मुखरित भएको बताउनुभएको छ।
काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोह ९पहिलो चरण० लाई बुधबार सम्बोधन गर्नुहुँदै उपकुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले हाल विश्वभर नै उच्च शिक्षामा अकल्पनीय परिवर्तन आइरहेको बताउनुभयो।
उहाँले आर्टिफिसियल इन्टेलिजेन्स र भर्चुअल रियालिटी प्रविधिको विकास, बसाइँसराइ तथा वैश्विक भूराजनीतिले यी परिवर्तनलाई सम्भव बनाइरहेको बताउँदै नेपालको उच्च शिक्षा क्षेत्रमा पनि यी परिवर्तनका आकाङ्क्षा देखिनु स्वाभाविक भए पनि उच्च शिक्षामा नेपालको लगानी न्यून नै रहँदै आएको बताउनुभयो। उहाँले नेपालको उच्च शिक्षामा लगानी व्यापक मात्रामा नबढाई ती आकाङ्क्षा पूरा गर्न सम्भव नभएको बताउनुभयो।
प्रधानमन्त्री कार्कीले लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता भएको बताउँदै शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्चशिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हामीले केही ठोस कदम चालेको बताउनुभयो। समारोहमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डितले आफूले प्राप्त गरेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न विद्यार्थीलाई आग्रह गर्नुभयो।
समारोहमा उपकुलपति प्रा।डा। अच्युत वाग्लेले पछिल्लो ६ वर्षमा नेपालबाट उच्च शिक्षाको लागि तीन लाख ५० हजार युवा र विद्यार्थी विदेसिएको र त्यसबापत १० अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा बाहिरिएको बताउनुभयो। चालू शैक्षिक सत्रमा गत वर्षको तुलनामा २३ प्रतिशतले विद्यार्थी बढेको बताउनुभयो।
उहाँले अन्तर्राष्ट्रिय सहकार्य, साझेदारी र शैक्षिक विस्तारको क्रममा विदेशी उच्च शिक्षण संस्थासँग तीन सय वटा सम्झौता भएको बताउनुभयो। उहाँले बुधबारबाट नै हिन्दुकुश हिमालय क्षेत्र र बाहिरका एक सयभन्दा बढी विश्वविद्यालयको सन्जाल, हिमालय युनिभर्सिटिज कन्सोर्टियम ९एचयुसी० को सचिवालय केयुलाई हस्तान्तरण र स्थापना भएको बताउनुभयो।
काठमाडौं विश्वविद्यालय ९केयू० को बुधबार भएको ३१औं दीक्षान्त ९पहिलो० चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका हुन्। दीक्षान्त समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ।
बुधबार भएका दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका सात जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहनेछन्। दीक्षितमध्ये पुरुष ५२।२४ प्रतिशत अर्थात् एक हजार १५४ जना र महिला ४७।७६ प्रतिशत अर्थात् एक हजार ५५ जना छन्। दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बाङ्लादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्तराज्य अमेरिका र भियतनाम गरी १७ देशका १९६ जना विदेशी विद्यार्थी छन्।
यस पटकको दीक्षान्त समारोहमा विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत मास्टर्स अफ फिलोसपी वाई रिसर्च इन म्याथमेटिक्स्मा एक जना र ब्याचलर अफ साइन्स इन एग्रिकल्चरमा २९ जना विद्यार्थी दीक्षित भएका थिए। त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलोपटक मास्टर्स अफ मेडिकल रिसर्चमा २० जना दीक्षित भए। ३१ औं दीक्षान्त ९पहिलो चरण० सहित गरी हालसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको सङ्ख्या ५० हजार ४० जना पुगेको छ। तीमध्ये विदेशीको सङ्ख्या पाँच हजार ८६० अर्थात करिब १२ प्रतिशत छ। हालसम्म केयूमा ५९ वटा देशका विदेशी विद्यार्थीले शिक्षा हासिल गरेको विश्वविद्यालयले जनाएको छ।
दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने स्पेनका एमसाइट कास्टेलानो मेन्चाकालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी प्राप्त गर्ने गौरव सिंह साउदलाई भाइस चान्सलर स्वर्णपदक, अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक, सौगात दङ्गाललाई रणबहादुर शाह स्वर्णपदक प्राप्त गर्नुभएको छ।
रक्षा तिवारीलाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्वस्तिका आचार्यलाई प्रेमराज पन्त स्वर्णपदक र आल्सा रेग्मीलाई दिनेश थापा स्वर्णपदक प्रदान गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij