नेपाल सम्वत् ११४६, थिंलागाः १.५, प्रतिपदा (१९ मंसिर, २०८२, ०५ डिसेम्वर, २०२५) शुक्रबार, बाँपिझ्याला । ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाले आज “स्वस्थ माटो, स्वास्थ गाउँशहर” भन्ने नाराका साथ १२औं विश्व माटो दिवस भव्यताका साथ मनाईएको छ । दोलखा जिल्लाको सदरमुकाम चरिकोट, कालिञ्चोक गाउँपालिका वडा नं. ०१ देखि ०४ र विगु गाउँपालिका वडा नं. ०४ देखि ०८ गरी १० स्थानहरुमा मनाईएको छ ।
यसै अवसरमा माटो नमुना परिक्षणबाट पि.एच. मान तदस्थ देखिएको दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका ४ हिलेपानीका स्थानिय कृषक देव वहादुर कार्की र विगु गाउँपालिका ५, स्याँखुका जनक कुमारी मगर गरी २ जना कृषकहरुलाई संघले प्रशंसा पत्रको साथै रु.५ हजारको दरले नगद पुरस्कार प्रदान गरियो छ भनी संघमा कार्यरत मील अधिकृत श्याम कुमार दाहालले बताउनु भयो ।
यसरी टुकी संघ दोलखा र सिविन नेपालबाट सञ्चालित महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर उत्थान परियोजना (ओसेलिप) को कार्य क्षेत्र अन्तर्गत विगु गाउँपालिका ४ लिंङवा र स्याँखुको गरी ३० जना कृषकहरुलाई उनीहरुको नमुना माटोे परिक्षणको प्रतिवेदनको आधारमा जम्मा ३ हजार १५० के.जी माटो सुधारक कृषि चुन वितरण गरिएको छ ।
संघको कार्यालय चरिकोट अध्यक्ष जय प्रसाद दाहालको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा विश्व माटो दिवस सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले विश्व माटो दिवसबारे चर्चा गर्नु हुँदै सहभागी सबैमा स्वागत गर्नु भएको थियो ।
संघको माटो प्रयोगशाला प्राविधिक दावा तमाङले एक प्रस्तुतीबाट दोलखा जिल्लाको पालिकास्तरको माटोको अवस्थाबारे जानकारी दिनु भयो । संघका मील अधिकृत श्याम कुमार दाहालले कार्यक्रम सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख ईश्वर नारायण मानन्धर, कृषि विकास कार्यालय, दोलखाका कृषि प्रसार अधिकृत गीता पुनले विश्व माटो दिवसको अवसरमा आ–आफ्नो भनाइ राख्नु भएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij