नेपाल सम्वत् ११४६, थिंलाथ्वः १४, चर्तुदशी, (१८ मंसिर, २०८२, ०४ डिसेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । भारतीय फिल्म तेरे इश्क मेुं ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ।
धनुष र कृति सेनन अभिनीत फिल्मले ६ दिनमा भारतमा ७७ करोडभन्दा माथिको नेट कमाइ गरेको हो। फिल्मले छैटौं दिन बुधबार ६।८५ करोड भारू कमाइ गर्यो। योसँगै फिल्मको कमाइ ७७ करोड ८५ लाख भारू पुगेको भारतीय ट्रेड वेबसाइट स्याकनिल्कले जनाएको छ।
फिल्मले शुक्रबार १६ करोड, शनिबार १७ करोड, आइतबार १९ करोड, सोमबार ८।७५ करोड र मंगलबार १०। २५ करोड भारू कमाइ गरेको थियो।
आनन्द एल राय निर्देशित ुतेरे इश्क मेुं मा धनुष र कृतिको केमेस्ट्री तथा अभिनयलाई दर्शकहरूले रूचाएका छन्। आनन्द एल राय, हिमांशु शर्मा र भूषण कुमारद्वारा निर्मित यो फिल्म कलर यल्लो प्रोडक्सन र टी–सिरिजको ब्यानरमा बनेको हो।
नेपालका सिनेमा हलहरूमा समेत तेरे इश्क मेुं ले राम्रो प्रदर्शन गरिरहेको जनाइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij