नेपाल सम्वत् ११४६, थिंलाथ्वः १४, चर्तुदशी, (१८ मंसिर, २०८२, ०४ डिसेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । १३औँ ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ काठमाडौंमा सुरु हुने भएको छ। मंसिर २५ देखि २९ गतेसम्म चल्ने पाँच दिने महोत्सवमा यस वर्षको मूल विषयवस्तु ‘बाल अधिकार’ रहेको छ।
नेपाल– विश्वभरका मानव अधिकार केन्द्रित चलचित्रहरूलाई एउटै छानामुनि ल्याउने उद्देश्यका साथ गरिन लागेको हो। नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका हलहरूमा गरिने महोत्सवमा २६ देशका ५० चलचित्रहरू प्रदर्शन गरिनेछन्।
महोत्सवमा छानिएका धेरैजसो चलचित्रहरूले कान्स, बर्लिनाले, भेनिस र बुसान जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरू सहभागिता जनाइसकेका छन् ।
कान्स फिल्म फेस्टिभल २०२५ अन्तर्गत पाल्मे डी ओर (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’ महोत्सवको प्रमुख आकर्षण हो। प्यालेस्टाइन, फ्रान्स र ग्रीसको सह-निर्माणमा बनेको यस फिल्मले बाल्यकालीन रहस्य र आघातलाई लिएर दुई दाजुभाइबीच निम्तिएको गहिरो तनावलाई देखाउँछ । कान्समै प्रिमियर भएको ‘नाभी लिली’ महोत्सवको अर्को आकर्षण हो । चीनको युनान प्रान्तस्थित ९ वर्षीया लिलीको साधारण जीवनमा अचानक एउटा घटनाले ल्याएको क्षतिलाई यस देखाउँछ।
बजिका भाषामा बनेको पहिलो फिचर फिल्म ‘ आजुर’ पनि यस महोत्सवमा देखाइनेछ । यसले ग्रामीण बिहारमा सामाजिक अवरोधहरूको विरुद्धमा विद्यालय जान कटिबद्ध रहेकी सलोनी नामक पात्रमार्फत शिक्षाको महत्वलाई दर्शाउँछ ।
फिचर वृत्तचित्र खण्डमा ‘रेड लाइट टु लाइमलाइट’, ‘सट द भ्वाइस अफ फ्रिडम’ लगायत विश्वचर्चित वृत्तचित्र देखाइनेछ । ‘रेड लाइट टु लाइमलाइट’ कोलकाताका यौनकर्मीको दैनिक जीवनलाई पर्दामा उतारेको छ । ती यौनकर्मीका छोराछोरीमा सिनेमा निर्माण सम्बन्धी तालिमले ल्याएको आशा र परिवर्तनलाई यसले देखाएको छ । यो फिल्म ४१औँ आईडिए अवार्ड्समा दुई विधामा मनोनित भएको थियो।
महोत्सव अवधिभर २६ देशका ५० चलचित्र देखाइनेछ । त्यस्तै विश्वभरका फिल्म निर्देशक , निर्माता, कलाकार मानव अधिकारकर्मीहरूको उपस्थितिमा अन्तरक्रियात्मक प्यानल छलफल, मास्टरक्लास, फोटो प्रदर्शनी, लाइभपेन्टिङलगायत कार्यक्रमहरू पनि आयोजना गरिनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij