नेपाल सम्वत् ११४६, थिंलाथ्वः ८, अष्टमी, (१२ मंसिर, २०८२, २८ नोभेम्वर, २०२५) शुक्रबार, बाँपिझ्याला । धर्मेन्द्र बलिउडका यस्ता अभिनेता हुन्, जसले करिब ६ दशक लामो करिअरमा अरूको तुलनामा सम्भवतः सबभन्दा बढी हिट फिल्म दिएका छन्।
मुम्बईको आफ्नै घरमा यही सोमबार निधन भएका धर्मेन्द्रले एक्सनदेखि रोमान्टिक हिरोसम्मका विविध भूमिका निर्वाह गरेका थिए। उनले आफ्नो करिअरमा ३०० भन्दा बढी फिल्म खेलेका थिए। तीमध्ये ७५ वटा सुपरहिट भए।
धर्मेन्द्रको खास नाम धर्मेन्द्र केवलकिशन देओल हो। उनले २४ वर्ष उमेरमा ुदिल भी तेरा हम भी तेरेु ९१९६०० बाट आफ्नो फिल्मी करिअर सुरू गरेका थिए। पहिलो केही वर्षमा उनी ुबन्दिनीु, ुआई मिलन की बेलाु, ुकाजलु जस्ता हिट फिल्ममा सहायक भूमिकामा देखिए।
उनको वास्तविक स्टारडम सन् १९६५ को युद्धमा आधारित फिल्म ुहकीकतु बाट सुरू भयो। त्यसपछि आयो ुफूल और पत्थरु, जसले उनलाई स्टारु का रूपमा स्थापित गरिदियो।
१९७० को दशकमा उनी लगातार शीर्ष स्टारका रूपमा चिनिन थाले। अनुपमा, आदमी और इन्सान, मेरा गाँव मेरा देश, सीता और गीता, शोले, लोफर, यादोँ की बारात, धरमवीर लगायत थुप्रै फिल्म हिट भए।
८० को दशकमा उनी एक्सन फिल्मतर्फ मोडिए। अधिकांश कम बजेटका भए पनि बदले की आग, गुलामी, लोहा, एलान(ए(जंग जस्ता फिल्मले राम्रो व्यापार गरे।
सन् ९० दशकमा धर्मेन्द्रका छोराहरू सनी देओल र बबी देओल स्टार बनेसँगै धर्मेन्द्र पनि बिस्तारै ुसिनियरु भूमिकातर्फ उन्मुख भएका थिए।
उनको पहिलो यस्तो भूमिका प्यार किया तो डरना क्याु ९१९९८० मा थियो। पछि उनी छोरासँग ुयमला पगला दीवानाु शृंखला र अपनेु मा देखिए। कोरोना महामारीपछि ८० वर्ष नाघिसकेका धर्मेन्द्र फेरि दुई फिल्ममा देखिए — रक्की और रानी की प्रेम कहानी र तेरी बातोँमें ऐसा उलझा जिया।
अहिले उनी श्रीराम राघवनको नयाँ फिल्म इक्कीसु मा देखिन लागेका छन्, जुन अर्को महिना रिलिज हुँदैछ। उक्त फिल्मको पोस्टर आइतबार मात्र सार्वजनिक गरिएको थियो।
धर्मेन्द्रले सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान पाएका थिए।
आज गुड फ्राइडे सिनेमामा हामीले उनै धर्मेन्द्रका ३ सुपरहिट फिल्म सिफारिस गरेका छौं।
यादोँ कि बारात
धरम वीर
मेरा गावँ मेरा देश
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij