Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

"जन द्वाल्खा जिन दकेई अभियान" द्वारा विद्यालय प्रमुखहरूसँग समीक्षा तथा छलफल

"जन द्वाल्खा जिन दकेई अभियान" द्वारा विद्यालय प्रमुखहरूसँग समीक्षा तथा छलफल

नेपाल सम्वत् ११४६, थिंलाथ्वः ८, अष्टमी, (१२ मंसिर, २०८२, २८ नोभेम्वर, २०२५) शुक्रबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–२, दोलखामा आज “जन द्वाल्खा जिन दकेई” (मेरो दोलखा म बनाउँछु) अभियानका अभियन्ताहरूले हालै सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा सहभागी भएका विद्यालयका प्रधानाध्यापकहरू तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूबीच विशेष समीक्षात्मक छलफल आयोजना गरेका छन्।

राजकुलेश्वर आधारभुत विद्यालयमा अभियानका संयोजक नरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको भेलामा छलफलको उद्देश्य प्रतियोगिताबाट प्राप्त सिकाइका आधारमा भीमेश्वर–२ दोलखाका ६ वटा विद्यालयको शैक्षिक क्षेत्रमा भविष्यमा गर्न सकिने सुधारात्मक कदमहरू पहिचान गर्ने रहेको थियो।

भेलामा विद्यालय प्रतिनिधिहरूले हाजिरी जवाफ प्रतियोगिता रोचक, प्रभावकारी र स्थानीय ज्ञानमाथि आधारित भएकाले विद्यार्थीहरूको अनुभूति, बुझाइ तथा आत्मविश्वास वृद्धि गर्न निकै सफल भएको धारणा राखे। साथै, यस्ता कार्यक्रमहरूले पाठ्यपुस्तककै सीमित ज्ञान होइन, स्थानीय इतिहास, संस्कृति, भूगोल, समाज तथा दैनिक जीवनसँग सम्बन्धित व्यवहारिक ज्ञान सिकाउन शिक्षकहरूलाई पनि प्रेरित गर्ने बताइयो।

भेलामा सहभागि अभियानको सुचना सम्प्रेषणको जिम्मा लिएका बाँपिझ्याला डटकमका सह–सम्पादक युवा समाजसेवी अजय प्रधानले सबै कुरा भएर पनि ईच्छा शक्ति नभएको व्यक्तिहरुले संघ संस्था नेतृत्व गर्ने तहमा पुगेको कारण राज्य र समुदायको लगानि अनुसार काम हुन नसकेको र अहिले आफ्नो देशलाई माया गर्ने हुटहुटि भएकाहरुले मात्र काम गर्ने हुदा अहिले हाम्रो दोलखामा नै रहेर केही गरौ भन्ने युवाहरुले आँट गरेको बेला राज्य लगाएत सबैको साथ र साथ हुनुपर्ने बताउनु भयो।

भेलामा तपसिलका विद्यालयबाट सहभागी भएका थिए,
शेषनाथ आचार्य, प्रधानाध्यापक – भीम माध्यमिक विद्यालय, पाखलती, सुन्टोपर, दोलखा
कृष्ण प्रसाद दाहाल, प्रधानाध्यापक – राजकुलेश्वर आधारभूत विद्यालय, तल्लोटोल, दोलखा
प्रमिला थामि, प्रधानाध्यापक – त्रिपुरासुन्दरी आधारभूत विद्यालय, राम्पा दोलखा
राम बहादुर थामि, अध्यक्ष – विद्यालय व्यवस्थापन समिति, त्रिपुरासुन्दरी आधारभुत विद्यालय, राम्पा, दोलखा

हरि नारायण श्रेष्ठ, प्रधानाध्यापक – फुलपा प्रा.वि., फुलपा, दोलखा
रेवति थामि, सदस्य – विद्यालय व्यवस्थापन समिति, फुलपा, दोलखा
गोकुल थामि, शिक्षक – तिखातल प्रा.वि., तिखातल, दोलखा
राजन श्रेष्ठ, अध्यक्ष – विद्यालय व्यवस्थापन समिति, तिखातल, दोलखा ।

उहाँहरू सबैले हाजिरीजवाफ प्रतियोगितामा प्रस्तुत प्रश्नहरू फरक, नवीन र स्थानीय ज्ञानमा आधारित रहेकाले विद्यार्थीलाई आफ्नो समाज, संस्कृति र वातावरण बुझ्न अत्यन्त सहयोग पुगेको बताएका छन्।

भेलाले निम्न साझा निचोड निकालेका छन्।

स्थानीय ज्ञान समेटिएका कार्यक्रमहरूलाई निरन्तरता दिनु आवश्यक,

 शिक्षकहरू स्वयंले पनि स्थानीय इतिहास, संस्कृति र सामाजिक संरचनाको गहिरो अध्ययन गर्नपर्ने
 विद्यालयहरूबीच समन्वय बढाएर संयुक्त गतिविधि र शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न सकिने
 विद्यार्थीलाई पुस्तकबाहिरका ज्ञान जस्तै स्थानीय पहिचान, इतिहास, भूगोल बुझाउनेतर्फ ध्यान दिनुपर्ने

“जन द्वाल्खा जिन दकेई” अभियानका सचिव शिवजी प्रधान भेलामा सहभागी सदस्यहरु मण्डु शाहि र बालचन्द्र कुसलेले आगामी दिनमा शैक्षिक सुधार, स्थानीय प्रतिभा विकास र समुदायमा आधारित सिकाइ गतिविधिलाई निरन्तर अघि बढाइने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार