नेपाल सम्वत् ११४६ थिंलाथ्वः ५ (९ मंसिर, २०८२, २५ नोभेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । नेपाल सरकारका सुचना सञ्चार तथा प्रबिधि मन्त्री जगदीश खरेलले गृह जिल्लाको दुईदिने अनौपचारीक भ्रमण सम्पन्न गर्नु भएको छ । भ्रमणको क्रममा साक्षात भगवान दोलखा भीमसेनको महाप्रसाद ग्रहण गर्नु भएको हो ।
दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले महाप्रसाद प्रदान गर्नु भएको थियो । साथमा कोषाध्यक्ष शुरेस कुमार श्रेष्ठको उपस्थिती रहेको थियो । यसै गरी नितान्त पारिवारीक निजी भ्रमणमा रहनु भएका मन्त्री खरेलको साथमा बुबा र मामा रमेश खडका लगायत अन्य परिवारका सदस्यहरुको सहभागीता रहेको थियो ।
दोलखा भीमसेन दोलखा जिल्लाको धार्मिक पर्यटकिय महत्व बोकेको महत्वपूर्ण गन्तव्य भएकोले भीमसेन भगवानको आसपासको क्षेत्रलाई व्यवस्थीत रुपमा परियोजना बनाएर अगाडी बढ्नु पर्ने बताउनु हुर्दै आफु उक्त कार्यको लागि सहयोग गर्न तयार रहेकोले बताउनु भयो ।
दि पुर्खुचा दोलखा रिसोटमा मन्त्री
यसै गरी दोलखा भीमसेन दर्शन गरेर फर्कर्ने क्रममा युवा व्यवसायी अजय प्रधानको आमन्त्रणमा दि पुर्खुचा दोलखा रिर्सोटमा पुग्नु भएको थियो । आफ्नो टोली सहीत पुग्नु भएका मन्त्री खरेलको स्वागतमा स्थानिय रैथाने बालीबाट उत्पादीत कोदोको निम्की, मकैको खजुरी लगायत अन्य उत्पादनको बारेमा जानकारी दिनु हुर्दै ब्रेकफास्टमा समावेस गरिएको थियो ।
मन्त्री खरेलले रैथाने बालीलाई प्रबद्र्धनको लागि जुन परिकारहरु तयार गरिएको छ । त्यो आफैमा महत्वपूर्ण रहेकोले यसको प्रवद्र्धनमा आफ्नो सहयोग रहने समेत बताउनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij