Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चौहानले ल्याइन् 'बाँचेकै छु केरे' (भिडिओ)

चौहानले ल्याइन् 'बाँचेकै छु केरे' (भिडिओ)

नेपाल सम्वत् ११४६ थिंलाथ्वः ३ (७ मंसिर, २०८२, २३ नोभेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । गायिका एलिना चौहानले नयाँ गीत ‘बाँचेकै छु केरे’ युट्युबमा सार्वजनिक गरेकी छन्। आफ्नो एकल स्वर रहेको गीत एलिनाले केही दिनयता मेला(महोत्सवमा समेत प्रवद्र्धन गरिरहेकी थिइन्। 

यो गीतले विगतको बन्धनबाट मुक्त भएर आफूले स्वतन्त्र भएर जीवनको मज्जा लिइरहेको कुरा गर्छ। जीवनमा आउने दुःख वा समस्या स्थायी हुँदैन भन्ने खालको सन्देश गीतले दिन्छ। साथै, सबैमा कमी(कमजोरी हुने भएकाले आफूलाई स्वीकार गरेर अघि बढ्नुपर्छ भन्ने भाव गीतले बोल्छ।

ईष्र्या गर्ने र खुट्टा तान्ने मानिसहरू धेरै हुन्छन्, यद्यपि तिनीहरूको वास्ता नगरी आफ्नो बाटोमा अघि बढिरहनुपर्छ भन्ने सन्देश यसले दिन्छ।

गीतको भिडिओमा स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय छ।

बाँचेकै छु केरेु गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। यसमा अर्जुन सापकोटाको संगीत, एचबिएन किस्मतको संगीत संयोजन छ। भिडिओको निर्देशक विशाल घिमिरे हुन् भने बुद्ध थापाको छायांकन, दिन्शन शाहको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार