Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

दोलखामा हाटबजार चौथो हप्ता पार गदै एकमहिनामा

दोलखामा हाटबजार चौथो हप्ता पार गदै एकमहिनामा

नेपाल सम्वत् ११४६, कछलागाः ११, एकादशी (२९ कार्तिक, २०८२, १५ नोभेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । सफल सहयात्री महिला समूह दोलखाको सक्रियतामा यही कार्तिक १ गते शनिवारदेखि संचालनमा ल्याएको हाटबजार आजदेखि चोथौ हप्तामा प्रवेश गदै एक महिना पुरा भएको छ । अर्को शनिवार मंसिर ६ गतेदेखि एकमहिना पुरा गरी दुईमहिनामा हाटबजार प्रवेश गदैछ । 

यस हाटबजारको संयोजन स्थानिय युवा समाजसेवी अजय प्रधानको रहेको छ । जसको लागि भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठको विशेष सहयोग रहेको छ ।

अहिले चारहप्तासम्म हाट सञ्चालन गर्दा के के समस्या आयो ? के के सामानहरु विक्री भयो ? के के सामानहरुको स्थानिय रुपमा माग छ ? कुन कुन अन्नपात उब्जनी गर्नु पर्छ ? कुन कुन बालीहरु आ–आफ्नो खेतबारीमा उब्जाउने ? कुन कुन बालीनाली उत्पादन गर्ने ? यी आदी कुराहरु अहिले हाटबजारमा संलग्न महिला समूहका व्यवसायीहरुले थाहा पाउनु भएको होला । यदी थाहा पाउनु भएको छैन भने यी कुरा थाहा पाउन् जरुरी रहेको छ ।

Hat12.jpg

यसै गरी भीमेश्वर नगरपालीका भित्रका सवै किसानहरुलाई अनिवार्य हाटबजारमा आ–आफ्नो उत्पादन सहीत उपस्थित गराउन पहल गर्ने, वातावरण बनाउनु पर्ने अर्को महत्वपूर्ण कार्य रहेको छ । यसै गरी वडाको आसपास सिमानामा पर्ने गाउँघर, पधेराबाट सामाग्री बेच्न ल्याउन आमन्त्रण गर्ने सोही अनुसार वातावरण तयार गर्नु पर्छ । यसको लागि सामानको माग र बजार भाउ सम्वन्धी जानकारी दिलाउनु पर्ने हुन्छ । साथै आमन्त्रण गरी सूचना प्रवाह गर्नु पर्छ । 

हाम्रो दैनिक जिवनमा आवश्यक पर्ने खाद्यान्न, खानपान र उपभोग्य सामाग्रीहरु जस्तै कालो मास, मस्याङ, बोडि, भटमास, फापर, मकै, कोदो, गहुँ, चामल लगायत घट्टमा पिसेको बिभिन्न पिठोका परिकारहरु बनाई बेच्नको लागि सल्लाह दिन उपयुक्त होला । सोही अनुसार व्यवस्थापन पक्षले ध्यान दिनु आवश्यक रहेको छ । यसको लागि स्थानिय सरकार वडा, पालीकाले वातावरण बनाई दिन आग्रह सहित अनुरोध गर्दछु ।

यसै गरी बेमौसमी तरकारीहरु, घरेलु उत्पादनका सामाग्रीहरु जस्तै कुचो, खरेटो, नाम्लो, डालो, थुन्से, डोको, घुम्टो गुन्द्री, चकटी र चप्पल लगायतका उत्पादनको लागि तालिम दिलाई प्रवद्र्धनमा सहयोग गर्नु अर्को महत्वपूर्ण जिम्मेवारी रहेको छ ।

 

vegetable.jpg

हाटबजार संचालन बारे भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ भन्नु हुन्छ, दोलखामा हाटबजार पहिला पहिला पनी सञ्चालनमा थियो । तर पछिल्लो चरणमा मात्र बन्द भएको हो । यसलाई हामीले पुनः निरन्तरता दिएका छौं, साथै यस कार्यको लागि दोलखाका युवा समाजसेवी अजय प्रधान, नरेन्द्र श्रेष्ठ लगायतका युवाहरुको सहयोग सद्भाव र सल्लाहमा यो हाटबजार अगाडी सञ्चालनमा ल्याई अगाडी बढाएका छौं । जसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव विशेषतः सफल सहयात्री महिला समूहमा आवद्ध महिला दिदीबहीनीहरुलाई पुगेको छ । जुन कार्यले गर्दा उहाँहरुको आयआर्जन बृद्धिमा थप टेवा पुगेको छ ।

अर्को तर्फ करेसाबारीको उत्पादनले स्कुल पढ्ने विद्यार्थीहरुका लागि अर्को सहयोग पुगेको छ । विद्यार्थीहरु शुक्रवार बेलुका घर जान्छन् आफुले फलाई रहेको उत्पादन जम्मा गरेर भोली पल्ट शनिवार हाटमा ल्याएर विक्री गछन् । यसले पढाईमा थप सहयोग पुगेको छ । यसै गरी स्थानिय होटेल व्यवसायी र वासिन्दाहरुलाई ताजा तरकारी लगायत अन्य उत्पादन आफ्नै घरआगनमा उपलब्ध हुँदा थप सुविधा भएको छ ।

यसै गरी अहिले हाटबजार जुन ठाउँमा सञ्चालनमा ल्याएका छौं । त्यही ठाउँमा सञ्चालन हुन्छ र पछी यसलाई पाखलती आसपासको खाली जग्गा हेरेर व्यवस्थीत गर्दै अगाडी बढाउने वडाले लक्ष्य राखेको छ भनी बताउनु भयो । 

हाटबजार व्यवस्थापन समितीका संंयोजक युवा व्यवसायी अजय प्रधान भन्नु हुन्छ, दोलखामा बिक्रिको लागि ल्याईएको सामाग्रीहरु फर्काउनु पदैन बरु उपभोक्ताको माग भने पूर्ति गर्न गाहे परेको छ । यसै गरी दोलखा भीमेश्वर दर्शन गर्न आउनु हुने भक्तजन महानुभावहरुले दोलखामा उत्पादन भएको ताजा तरकारी लगाएत अन्य उत्पादनहरु लैजानको लागि आतुर छन् । यसले गर्दा दोलखा स्थानिय किसानहरुलाई थप उर्जा प्रदान गरेको छ । जसले गर्दा कृषि उत्पादनमा स्थानिय वासिन्दाको आकर्षण बढ्दै गएको पाईन्छ ।

यस कार्यको लागि युवा व्यवसायी एवं समाजसेवी अजय प्रधान, वडाध्यक्ष स्टालिन श्रेष्ठ र हाट बजारमा संलग्न महिला व्यवसायीहरु विच छलफल हुन जरुरी रहेको छ । साथै जति सकिन्छ त्यती प्रचार प्रसारमा ध्यान दिनु आवश्यकता रहेको छ । यसको लागि सामुहिक छलफल गरेर अगाडी बढ्दा उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार