Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चिनियाँ नागरिकसँग विवाह गराउन ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा पक्राउ

चिनियाँ नागरिकसँग विवाह गराउन ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा पक्राउ

नेपाल सम्वत् ११४६, कछलागाः ११, एकादशी (२९ कार्तिक, २०८२, १५ नोभेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । व्यावसायिक भिसामा बसेर नेपाली युवतीहरूलाई चिनियाँ नागरिकसँग विवाह गराउने ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

अध्यागमन विभागको टोलीले उनीहरूलाई काठमाडौँको सोह्रखुट्टेस्थित मिलीजुली चोकबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन्। उनीहरू हाउजिङ क्षेत्रमा बसोबास गर्दै आएका थिए। व्यावसायिक भिसा भए पनि आफ्नो वास्तविक व्यवसायबारे उनीहरूले कुनै जानकारी दिन सकेनन्।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार, आरोपीहरूले आर्थिक अवस्था कमजोर भएका नेपाली युवतीहरूलाई टिकटक भिडियो बनाउन लगाई त्यसमार्फत अन्य चिनियाँ नागरिकसँग साथी बनाउने र विवाह गराउने काम गर्दै आएका थिए। विभागको प्रारम्भिक अनुसन्धानबाट केही युवतीहरूलाई विवाहको प्रलोभनमा चीन पठाइएको खुलेको छ।

पक्राउ परेकामध्ये दुई जनाले विगत १० वर्षदेखि पर्यटक, अध्ययन र व्यावसायिक भिसा लिएर नेपालमा बसोबास गर्दै आएको पाइएको छ। गैरकानुनी रूपमा बसोबास गर्ने विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना र नेपालबाट निष्कासन गर्न सकिने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार