Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

नयाँ बालगीत ‘गहभरि आँसु’  सार्वजनिक

नयाँ बालगीत ‘गहभरि आँसु’  सार्वजनिक

Gaha.jpg
undefined

नेपाल सम्वत् ११४६, कछलागाः ९, नवमी (२७ कार्तिक, २०८२, १३ नोभेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । सुप्रसिद्ध बालसाहित्यकार रामबाबु सुवेदीको नयाँ बालगीत ‘गहभरि आँसु’  सार्वजनिक गरिएको छ। बालबालिकाको दाँतको स्वास्थ्यबारे सन्देश दिने यो गीत कान्तिपुर डेन्टल कलेजको सहकार्यमा निर्माण गरेको हो।

सार्वजनिक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव धनप्रसाद सुवेदी, कान्तिपुर डेन्टल कलेज संस्थापक एवम् सीईओ डा। बुद्धिमान श्रेष्ठ, अभिनेत्री सुरक्षा पन्त, बालकलाकार अन्सु क्षेत्री लगायतले गीत विमोचन गरे। कार्यक्रममा डेन्टल कलेजका विद्यार्थी, डाक्टर र शिक्षकहरूले बालबालिकामा देखिने दाँतका समस्याबारे विचार व्यक्त गरे।

गीतमा सुरक्षा पन्त र अन्सु कार्कीको अभिनय छ भने स्वर बबिना भट्टराई र सुप्रिमा थापाले दिएका छन्। निर्देशन आचार्य गोपालले गरेका हुन्। अभिनेत्री पन्तले बालबालिकाका स–साना भावना अभिनयमार्फत् नजिकबाट बुझ्न पाएको बताइन्।

धनप्रसाद सुवेदीले बालबालिकाको पीडा र समस्या उजागर गर्ने यस्ता सिर्जनाले समाजमा चेतना फैलाउने बताए। पत्रकार सापकोटाले गीतले बालबालिकालाई स्वास्थ्यप्रति सचेत बनाउने प्रेरणा दिन्छ भने।

गीतकार रामबाबु सुवेदीले भने, “बालबालिकालाई प्रेम गरे मात्रै सुन्दर समाज निर्माण हुन्छ, त्यसैले म सधैं उनीहरूकै विषयमा लेख्छु।” निर्देशक आचार्य गोपालले फिल्मले बालबालिकाको वास्तविक दुःख र संवेदना प्रस्तुत गर्ने प्रयास गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार