Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दिल्लीको लालकिल्लानजिकै विस्फोट हुँदा ८ को मृत्यु, २४ घाइते

दिल्लीको लालकिल्लानजिकै विस्फोट हुँदा ८ को मृत्यु, २४ घाइते

नेपाल सम्वत् ११४६, कछलागाः ६, पञ्चमी, (२४ कार्तिक, २०८२, १० नोभेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । दिल्लीस्थित लालकिल्ला नजिकै विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। कारमा विस्फोट भएको जनाइएको छ।

‘यो निकै शक्तिशाली विस्फोट थियो,’ दिल्ली प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले भनेका छन्। 


लोकनायक अस्पतालले ८ जनाको मृत्यु पुष्टि गरेको हो। कम्तीमा तीन वटा गाडीमा आगो लागेको बताइएको छ। विस्फोटको प्रकृतिबारे अध्ययन गर्न फरेन्सिक टोली पुगेको बताइएको छ।


‘लालकिल्ला मेट्रो स्टेसनको १ नम्भबर गेटमा पार्किङ गरिएको एउटा कारमा ठूलो विस्फोट भएको छ,’ दिल्लीको अग्नि नियन्त्रण सेवाले भनेको छ।

जलेको कारबाट धुवाँको मुस्लो उठेको दृश्य देखिएको छ। प्रहरी दिल्लीसहित अन्य सहरमा पनि सतर्कता बढाएको बताएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार