Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

भीमेश्वर साप्ताहिक हाट बजार चौथो हप्तामा, प्रतिमुठा साग १५ रुपैया

भीमेश्वर साप्ताहिक हाट बजार चौथो हप्तामा, प्रतिमुठा साग १५ रुपैया

नेपाल सम्वत् ११४६, कछलागाः ३, तृर्तिया (२२ कार्तिक, २०८२, ८ नोभेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । भीमेश्वर नगरपालीका वडा नं. २ पाखलतीमा सफल सहयात्री महिला समुहको व्यवस्थापनमा सन्चालन भईरहेको “भीमेश्वर साप्ताहिक हाट बजार” सञ्चालन आज चौथो हप्ता पुगेको छ ।

यही कार्तिक महिनाको १ गते शनिवारदेखि आज २२ गते शनिवारसम्म आईपुग्दा हरेक हप्ता नयाँ किसान, नयाँ सामाग्रीहरु थपिदै गईरहनुका साथै स्थानिय किसानहरुमा उत्साह र जागर पैदा हुदै गएको छ भनी हाटबजार व्यवस्थापनमा प्रत्यक्ष सहभागी भई सहयोग गदै आउनु भएका युवा व्यवसायी समाजसेवी अजय प्रधानले बताउनु भयो । 

यसै गरी यो हाटबजारमा स्थानिय उपभोक्ता, होटेल व्यवसायी र दोलखा भीमेश्वर दर्शन गर्न आउनु हुने आन्तरीक तथा बाह्य पर्यटकहरुको राम्रो आकर्षण रहेको समेत उहाँको भनाई रहेको छ । साथै उपभोक्ताको माग अनुसार हाटबजारमा सामाग्रीहरु उपलब्ध गराउन गाहे भएपनी यसलाई सुधार गदै  मागको पूर्ति गर्नु पर्ने प्रधानको भनाई रहेको छ । 

वर्षौदेखि व्यवसाय सञ्चानल गदै आएका यहाँका स्थानिय व्यवसायिहरुले विहानको मूल्य र बेलुकाको मूल्य ग्राहक र मान्छे अनुसार फरक व्यवहार गर्दै आईरहेका पिडाबाट केही भएपनी सहजता भएको स्थानिय उपभोक्ताको भनाई रहेको छ । 

स्थानिय किसानहरु आफुले खानको लागि खालि जमिन छ भनी विउ छरेको भरमा उम्रेको उत्पादनमा अचानक हाटबजारमा ल्याएर बेच्दा भाउ तलमाथि हुने भएपनी उहाँहरुलाई बजारमा पुग्ने वातावरण बनाउनु पर्ने स्थानिय सरकार लगायत हामी सवैको जिम्मेवारी अनी दायित्व रहेको छ । उत्पादन प्रशस्त र खपतमा कमि हुन थाले पछि गर्नु पर्ने व्यवस्थापन त बाँकि नै छ ।

तर अहिले जम्मा १०मुठा साग बोकेर आउने किसान संग एक हप्ता अघि पसलबाट १ सय ३० रुपैया के.जि.मा रायोको साग किनेको दोलखाका स्थानिय व्यवसायी र उपभोक्ताहरुले आज १५ रुपैया मुठामा किसानबाट साग पाउँदा स्थानिय उपभोक्ताले अवसर प्राप्त भएको महशुष गरेकाछन् ।

अहिले किसानहरुको उत्पादन र किसानलाई सिधै बजारमा ल्याईरहेको अवस्थामा उहाँहरुलाई हौसला दिदै व्यवस्थित गर्नु हामी सबै सरोकारवाला निकाय र उपभोक्ताहरुको प्रमुख दायित्व हुने भएको हुँदा सबैले आ–आफ्नो ठाउँबाट सहभागी भई सहयोग गर्न हाम्रो तर्फबाट आग्रह सहीत अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार