Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

ट्रम्पले अप्रिलमा भन्सार युद्ध सुरू गरेपछि  चीनको निर्यातमा पहिलो पटक गिरावट

ट्रम्पले अप्रिलमा भन्सार युद्ध सुरू गरेपछि  चीनको निर्यातमा पहिलो पटक गिरावट

नेपाल सम्वत् ११४६, कछलागाः २, द्वितिया (२१ कार्तिक, २०८२, ७ नोभेम्वर, २०२५) शुक्रबार, बाँपिझ्याला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा भन्सार युद्ध सुरू गरेपछि  चीनको निर्यातमा पहिलो पटक गिरावट आएको छ।

चीनले शुक्रबार जारी गरेको भन्सार तथ्यांकका अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्रको निर्यात (डलरको हिसाबमा) अक्टोबरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा १।१ प्रतिशतले घटेको छ।

यसअघि फेब्रुअरीमा पनि निर्यात घटेको थियो। त्यसपछि निर्यात लगातार बढेर सेप्टेम्बरमा ८।३ प्रतिशतको वृद्धि हासिल गरेको थियो। तर अक्टोबरमा भने अप्रत्यासित रूपमा गिरावट आएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

चार वर्ष लामो घर जग्गा कारोबारमा मन्दी र कमजोर घरेलु खपतको प्रभावलाई कम गर्न चीनको अर्थतन्त्र निर्यात व्यापारमा निर्भर छ। ट्रम्पले दोस्रो कार्यकालमा फेरि चीनसँग व्यापार युद्ध सुरू गरे पनि निर्यात घटेको थिएन।

उच्च भन्सार लगाएकै कारण ट्रम्पको दोस्रो कार्यकालमा चीनको अमेरिकामा हुने निर्यात केही घटेको छ। तर यो समयमा अरू देशमा झन् धेरै बेचेका कारण चीनको समग्र निर्यात यो वर्ष अझ बढेको थियो।

अक्टोबरमा अमेरिकामा हुने निर्यात २५ प्रतिशतले घटेको थियो। दक्षिण एसिया र युरोपमा हुने चीनको निर्यात अक्टोबरमा पनि बढ्यो। तर सो वृद्धि दर अलिक कम भएकाले अघिल्लो वर्षको तुलना चीनको समग्र निर्यात घटेको हो।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङले एक वर्षका लागि व्यापार–युद्ध विराम गरेपछि चीनको अमेरिकामा हुने निर्यात फेरि बढ्ने अपेक्षा गरिएको छ।

चीनले फेन्टनिल लागुपदार्थ बनाउन चाहिने कच्चा रसायन बिक्रीमा कडाइ गर्ने वाचा गरेपछि चिनियाँ वस्तुमा लगाएको भन्सार १० प्रतिशतले घटाउन ट्रम्प सहमत भएका छन्। त्यस कारणले पनि निर्यात बढ्ने अपेक्षा गरिएको हो।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट सम्प्रेषण

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार