नेपाल सम्वत् ११४६, कछलागाः १, प्रतिपदा (२० कार्तिक, २०८२, ६ नोभेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । न्युयोर्कको ब्रुकलिनस्थित यहुदी धार्मिक विद्यालय (येसिवा) को स्तम्भ र झ्यालमा रातो स्वस्तिक चिह्न लेखिएपछि धार्मिक विवाद सिर्जना भएको छ।
न्युयोर्क सहरको मेयरमा जोहरान ममदानी निर्वाचित भएको केही घण्टापछि कुनै व्यक्तिले यहुदी धार्मिक विद्यालयको स्तम्भ र झ्यालमा स्वस्तिक चिह्न लेखिदिएको हो।
यसैबीच ममदानीले यस घटनामा प्रतिक्रिया दिएका छन्। न्युयोर्क पोस्टका अनुसार, म्याकडोनाल्ड एभिन्युमा रहेको म्यागेन डेभिड येसिवाको झ्याल र स्तम्भमा रातो प्रतीक देखेपछि सुरक्षाकर्मीहरूले तुरुन्तै प्रहरीलाई बोलाए।
घटनाबारे जोहरान ममदानीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘यो यहुदीविरोधीको अत्यन्तै घृणित र हृदयविदारक कार्य हो, हाम्रो सुन्दर सहरमा यसको कुनै स्थान छैन।’
उनले अगाडि भनेका छन्, मेयरका रूपमा म सहरबाट यस प्रकारको घृणालाई पूर्ण रूपमा उन्मूलन गर्न सधैँ हाम्रो यहुदी समुदायको साथ दृढतापूर्वक उभिनेछु।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij