नेपाल सम्वत् ११४६, कछलाथ्वः १३, त्रयोदशी, (१७ कार्तिक, २०८२, ३ नोभेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका वडा नं २, दोलखाका वडा अध्यक्ष स्टालिन श्रेष्ठले डोकथलीका थामि समुदायको कला, संस्कृति र परम्परागत चाडपर्व जगेर्नाका सहयोग पू¥याउने उद्देश्यले साउण्ड सिस्टम (मिक्सचर र माइक सेट) हस्तान्तरण गरिएको छ ।
दोलखा शहर बस्तीको तल्लो भेगको थामि बाहुल्य क्षेत्र डोकथलीमा रहेका युवाहरुले आगामी कार्तिक १८ र १९ गते सेतिदेवी मन्दिरमा हुने कार्तिके पूर्णिमा, जात्रा र सांस्कृतिक कार्यक्रमका तयारीमा साउण्ड सिस्टमको अभावका कारण निराश हुँदै युवा अभियन्ता अजय प्रधान समस्या राखेका थिए।
अभियन्ता प्रधानले उक्त समस्या वडा अध्यक्ष श्रेष्ठसमक्ष राखेपछि अध्यक्ष श्रेष्ठले युवाको उत्साह र समुदायप्रतिको समर्पणलाई उच्च मूल्याङ्कन गर्दै तुरुन्तै साउण्ड सिस्टम उपलब्ध गराउनुभएको हो।
सामग्री हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले भने,
“थामि समुदायका युवाहरू पहिलो पटक आफ्नो समस्या लिएर वडा कार्यालयमा आएका छन्, यो खुशीको कुरा हो। यो सहयोग ठूलो होइन, सुरुवात हो - तपाईंहरूका हरेक आवश्यकतामा म सधैं साथमा छु।”
सहयोग सामग्री थामि समाजका जेष्ठ सदस्य रामबहादुर थामि खुर्पेलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा उपस्थित युवाहरूले भने,
“हामीले सानो अपेक्षा गरेका थियौं, तर वडा अध्यक्षज्यूले हाम्रो सोचभन्दा ठूलो सहयोग गर्नुभयो। उहाँप्रति हार्दिक धन्यवाद। साथै यो भेटको पुल बनेर हामीलाई जोडिदिनु भएको अभियन्ता अजय प्रधानज्यूलाई पनि विशेष आभार।”
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij