नेपाल सम्वत् ११४६, कछलाथ्वः ११, एकादशी, (१५ कार्तिक, २०८२, १ नोभेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । शुक्रबार रिलिज भएका फिल्महरूले बक्स अफिसमा राम्रो व्यापार गरेका छन्। यस दिन ‘बाहुबली द एपिक’ र ‘द ताज स्टोरी’ जस्ता नयाँ फिल्महरू सार्वजनिक भएका हुन्।
बाहुबली द एपिकः साउथको यो नयाँ फिल्मलाई दर्शकले रुचाएका छन्। पहिलो दिन यसले बक्स अफिसमा ९.२५ करोड रुपैयाँको कलेक्सन गरेको छ। विशेष स्क्रिनिङको १.१५ करोडसहित फिल्मको कूल सङ्कलन १०.४० करोड रुपैयाँ पुगेको छ।
द ताज स्टोरीः परेश रावल अभिनीत ताजमहलको कथामा आधारित यो फिल्मले पहिलो दिन १.०४ करोड रुपैयाँको व्यापार गरेको छ।
चल्तीका फिल्महरूको व्यापारः
आयुष्मान खुराना र रश्मिका मन्दानाको फिल्म थामाले ११औँ दिन ३ करोड रुपैयाँ सङ्कलन गरेको छ। यसको कुल कलेक्सन १११।४० करोड रुपैयाँ पुगेको छ। हर्षवर्धन राणे र सोनम बाजवाको फिल्म एक दीवाने की दीवानियतले ११औँ दिन २।५० करोड रुपैयाँ कमाएसँगै यसको कुल सङ्कलन ५७.६५ करोड रुपैयाँ पुगेको छ।
रिलिज भएको ३० दिन पुगेको ऋषभ शेट्टी अभिनीत कान्तारा च्याप्टर १ ले शुक्रबार १।७५ करोड रुपैयाँको व्यापार गरेको छ। फिल्मको कुल कमाइ ६०३.४५ करोड रुपैयाँ पुगेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij