Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

डेउडा गीत ‘झुम्की’ टिकटकमा भाइरल

डेउडा गीत ‘झुम्की’ टिकटकमा भाइरल

तम्लाई म पियारी भनुँ कि
चालिसे घट्टको ढुङ्गो, टुटि बाइग्यो खोला
तानि लान्छु ओए झुम्की, जसो होला होला

नेपाल सम्वत् ११४६, कछलाथ्वः ९, अष्ठमी, (१३ कार्तिक, २०८२, ३० अक्टोबर, २०२५) बिहीबार, बाँपिझ्याला । केही दिनदेखि ‘झुम्की’ बोलको गीत टिकटकमा निकै भाइरल छ। रमाइलो शैलीको यस गीतको टुक्रामा लाखौं टिकटक बनिसकेका छन्।

जुन गीत युट्युवमा ६ वर्षअघि सार्वजनिक भएको थियो। एभरेस्ट ग्यालरी युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा मोर्डन देउडा भाका रहेको छ। गीतमा विष्णु भट्टको स्वर सुन्न सकिन्छ।

उमेश कठायतको शब्द रहेको गीतमा गायक भट्टकै संगीत रहेको छ। कमल सौरागले संगीत संयोजन गरेका छन्। विक्रम चौहानको निर्देशन रहेको गीतको भिडिओमा सृष्टि खड्का, सुरज मल्ल र कैलाश कठायत फिचर्ड छन्।

तिहारको तयारी भन्दै एकजना प्रयोगकर्ताले यस गीतमा साथीहरूसँग नाँचेर गाउँदै भिडिओ टिकटकमा पोस्ट गरेकी थिइन्। जुन टुक्रा टिकटकभरि यति छायो कि भाषा नबुझे पनि रमाइलो मान्दै रमाउँदै टिकटक बनाउन थाले।

टिकटककै कारण दर्शकहरू गीत खोज्दै युट्युवसम्म पुगेका छन्। किनकी युट्युवमा पनि यस गीतले साढे ६ लाख हाराहारीमा भ्युज पाइसकेको छ।  यस गीतका सर्जक भट्टले गीतले पाएको सफलताले निकै खुसी लागेको व्यक्त गर्दैं फेसबुकमा स्टाट्स लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार