Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

गौरीशंकर हिमाल श्रृंखलाभित्र पर्ने बेदिङ गो हिमाल सफलतापूर्वक आरोहण

गौरीशंकर हिमाल श्रृंखलाभित्र पर्ने बेदिङ गो हिमाल सफलतापूर्वक आरोहण

नेपाल सम्वत् ११४६, कछलाथ्वः ९, अष्ठमी, (१३ कार्तिक, २०८२, ३० अक्टोबर, २०२५) बिहीबार, बाँपिझ्याला, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ का एक जना, सोलुखुम्बु थामे क्षेत्रका तीन नेपाली र दुई जापानी नागरिकले गौरीशंकर हिमाल श्रृंखलाभित्र पर्ने बेदिङ गो हिमाल ६,१२५ मिटर उचाई सफलतापूर्वक आरोहण गरेका छन्।

वडाध्यक्ष निमगेली शेर्पाका अनुसार सो टोलीले कार्तिक ८ गते बिहान ११ः३५ बजे, उत्तरतर्फको टेक्निकल रुट ९ल्यचतज क्ष्मभ० बाट दोस्रो पटक मानव पाइला टेक्न सफल भएको हो। उनका अनुसार, यो आरोहण निकै कठिन र प्राविधिक मानिने मार्गबाट सम्पन्न गरिएको हो।

यसअघि, नेपालतर्फको नर्मल रुट हुँदै दोलखाकै छेरिङ पेमा शेर्पासहितको टोलीले सन् २०१५ अक्टोबर २९ मा पहिलो पटक सो हिमालको शिखरमा पाइला टेक्न सफल भएको थियो।

बेदिङ गो हिमाल गौरीशंकर हिमाल श्रृंखलाभित्र अवस्थित आकर्षक हिमाल हो, जहाँ अहिलेसम्म सीमित संख्याका आरोहीहरूले मात्रै पाइला टेक्न सफल भएका छन् ।

अविरल बस्नेत

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार