नेपाल सम्वत् ११४६, कछलाथ्वः ७, सप्तमी, (११ कार्तिक, २०८२, २८ अक्टोबर, २०२५) मंगलबार, बाँपिझ्याला । मंगलबार एकाविहानै उदाँउदो सुर्यलाई अध्र्य अर्पण गरे लगतै यसपटकको छठ पर्व सम्पन्न भएको छ । तराई मधेशका क्षेत्रमा बिहानदेखि आकाशमा बादल ढाकेकोले घडीको समयको आधारमा अर्घ्य दिएका छन् । तराईका कतिपय क्षेत्रमा भने ब्रतालुले यसपटक सूर्यका दर्शन गर्न पाएका छैनन्।
पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । बिहानको उदाउँदो सूर्यलाई दिइने र्घ्यलाई ‘भोरका अर्घ’ भनिन्छ । यसरी उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।
यसरी उदाउँदो सूर्यलाई र्घ्यसँगै यो वर्षको छठ सम्पन्न भएको छ । अहिले घरघरमा नागेदार, ईष्टमित्रलाई प्रसाद वितरण गर्दैछन् । योसँगै यसपटकको महापर्व छठ सम्पन्न भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij