नेपाल सम्वत् ११४६, कछलाथ्वः ६, षष्ठी, (१० कार्तिक, २०८२, २७ अक्टोबर, २०२५) सोमबार, बाँपिझ्याला । छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइएको छ । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ ।
आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन काठमाडौं उपत्यका सहित तराई–मधेशका सबै जिल्लामा रहेका पोखरी लगायत जलासय किनारमा बनाइएका छठ घाटमा पूजासामग्री सहित भक्तजन पुगेका छन्।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सुरु भएको हो । ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा गरेका हुन् ।
बागमती, नख्खु, कुपण्डोल, विष्णुमती तथा बोजेपोखरीलगायतका नदी तथा पोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको पूजा सम्पन्न हुन्छ ।
फोटो: सञ्जु शाक्य
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij