नेपाल सम्वत् ११४६, कौलाथ्वः ०३ द्वितिया, ९०७ कार्तिक, २०८२, २४ अक्टोबर, २०२५० शुक्रबार, बाँपिझ्याला । गायिका एलिना चौहान र गायक प्रताप दास साङ्गीतिक कार्यक्रमको सिलसिलामा लामै समय अमेरिकामा रहे । उनीहरु अमेरिका रहँदा दुवैले बारम्बार टिकटक भिडियो समेत अपलोड गर्थेँ ।
एकसाथ अमेरिकामा घुमघाम गरिरहेका उनीहरूको विषयमा विभिन्न टिका टिप्पणी पनि भयो । कतिले प्रेम र अफेयरको हल्ला चलाए । जसको जवाफ उनीहरुले स्ट्याटस लेख्दै दिँदै आएका थिए ।
अहिले भने उनीहरुले भाइटिका नै लगाएका छन् । उनीहरूले अमेरिकामै भाइटिका लगाएका हुन् ।
एलिनाले प्रतापलाई भाइटिका लगाइदिएको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै यसको जानकारी दिएकी हुन् ।
उनले लेखेकी छन्– ‘दाजु बहिनी जस्तो पवित्र सम्बन्धमा पनि दाजु बहिनी हो भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज ।’ एलिना आजै नेपाल फर्किँदै छिन् । उनले आजै नेपाल फर्कन लागेको जानकारी सामाजिक सञ्जालबाटै दिएकी छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij