Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेवार समुदायमा म्हः (आत्म) पूजा गरियो

नेवार समुदायमा म्हः (आत्म) पूजा गरियो

नेपाल सम्वत् ११४६, कछलाथ्वः १, प्रतिपदा ९५ कार्तिक, २०८२, २२ अक्टोबर, २०२५० बुधबार, बाँपिझ्याला । कात्तिक शुक्ल प्रतिपदाका दिन बुधवार नेवार समुदायमा म्हः ९आत्म० पूजा गरिएको छ।

प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले म्हः पूजा पर्व मनाउने गर्दछन्। यसदिन कसैले दिउँसो र कसैले बेलुकी म्हः पूजा गर्ने गर्दछन्। 

मानिसको आत्म नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहि आएको नेवा समूदायका अगुवा राकेश अवालेले बताए।

आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहेको कारण नेवा समूदायले म्हः पूजा गर्ने गरेको उनको भनाइ छ। 

‘म्हः पूजा हाम्रो गौरव हो। हामी नेपाली समूदायमा पनि कसैले पूजा गर्छ कसैले गर्दैन,’ उनले भने, ‘नयाँ वर्षको सिलसिलामा आफ्नो जीवनमा सुख, शान्ती र समृद्धि एवं सफलताको कामना गरी जीवनमा कुनैपनि दुःखद् घटना नहोस् भन्ने हेतुले आफूले आफैंलाई पूजा गर्ने चलन छ। यो एकदमै राम्रो चलन छ।’

नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारा लगायत दोलखामा म्हः पूजा मनाउने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार