नेपाल सम्वत् ११४५, कौलागा ९, नवमी, (२९ असोज, २०८२, १५ अक्टोबर, २०२५) बुधबार, बाँपिझ्याला, दोलखा । दोलखाको कला, संस्कृति र पर्यटनलाई प्रवद्र्धनमा सहयोग पू¥याउने उद्देश्यले “स्क्युब डान्स स्टुडियो” को आयोजनामा यही कार्तिक १ गते “दोलखा तिहार साँस्कृतिक साँझ” कार्यक्रम हुने भएको छ।
नेपालीहरुको दोस्रो महान चाड शुभ–दीपावलीको अवसर पारेर जिल्लाको सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा दिउँसो ३ बजेदेखि कार्यक्रमको आयोजना हुने भएको छ।
कार्यक्रममा विभिन्न स्थानीय समूहहरूद्वारा मौलिक देउसी–भैलोको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुति, स्क्युब डान्स स्टुडियोका कलाकारहरूको प्रस्तुती सहित स्थानीय सांस्कृतिक झाँकी तथा नृत्यहरू समावेश गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा विशेष गरी आधुनिकताको प्रभावले ओझेलमा पर्न लागेका देउसी–भैलो जस्ता मौलिक परम्पराको संरक्षण र प्रवद्र्धनमा केन्द्रित रहने समते थाहा भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij