Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भी.मा.वि. दोलखाको  ११ कक्षा घरदैलो भर्ना अभियान, पैसाको मोह र अनविज्ञताको छायाँमा हराउँदै शिक्षा

भी.मा.वि. दोलखाको  ११ कक्षा घरदैलो भर्ना अभियान, पैसाको मोह र अनविज्ञताको छायाँमा हराउँदै शिक्षा

एसईई SEE पुरकमा ३५ जनामध्ये सबै उत्तीर्ण - गाउँगाउँ पुगेर शिक्षाको महत्व बुझाउँदै कक्षा ११ मा भर्ना अभियान सुरु

नेपाल सम्वत् ११४५, कौलागा ६, षष्ठी, (२६ असोज, २०८२, १२ अक्टोबर, २०२५) आईतबार, बाँपिझ्याला । भीम माध्यमिक विद्यालयले यस वर्ष क्भ्भ् पुरकमा सहभागी ३५ जना विद्यार्थी सतप्रतिशत उत्र्तीण भएपछि विद्यालयले अब कक्षा ११ भर्ना अभियानलाई घरघरमै पुगी सञ्चालन गरेको छ। विद्यालयका प्रधानाध्यापक शेषनाथ आचार्य, सहायक प्रधानाध्यापक शेरबहादुर थापा र विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ अध्यक्ष ज्ञानु कुमार योगीको टोलीले दोलखा हुँदै तल्लो भेग गगरस, दिलढुङ्गा, फुलपा, डोकथली, राम्पा र चाथलीमा घर घर पुगेर पुगेर विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष भेटघाट गर्दै भर्ना अभियान थालेको छ । 

Ajay.gif

विद्यालयको यो अभियान केवल विद्यार्थी भर्ना गर्ने औपचारिक कार्यक्रम मात्र होइन, गाउँ समाजको वास्तविकता उजागर गर्ने भावनात्मक यात्रा पनि बन्यो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मध्ये अधिकांश अतिसिमान्तकृत थामी समुदायका हुन्, जसका अभिभावकहरू कोही कृषक, कोही मजदुरी पेशामा, र धेरैजसो विदेशी रोजगारीमा छन्।

दैनिक जीवनको संघर्षले थिचिएका यी परिवारहरूमा शिक्षाप्रतिको चेतना अझै पनि गहिरो रूपमा स्थापित हुन सकेको छैन। “पढेर के हुन्छ र? घरको काम गर्न मान्छे चाहियो” भन्ने मानसिकता अझै पनि गाउँका धेरै घरभित्र जीवित छ। 

विद्यालयका प्रधानाध्यापक आचार्य यसो भन्नु हुन्छ, “हाम्रो प्रयास केवल विद्यार्थीलाई विद्यालय ल्याउने होइन, उनीहरू र अभिभावकहरूलाई शिक्षाको महत्व बुझाउने हो। अहिले नपढे पनि हुन्छ भन्ने सोच हाम्रो भविष्यका लागि खतरा हो।”

विद्यालयका सहायक प्रधानध्यापक शेर बहादुर थापा भन्नु हुन्छ, कतिपय विद्यार्थीहरुले अभिभावकको अनविज्ञताको फाइदा उठाएर ‘पढ्दैछु’ भनेर मोबाईल हेर्ने, विद्यालय जान्छु भन्ने  तर विद्यालय नजाने प्रवृत्ति पनि बढ्दै गएको छ। मोबाईल गेम, सजिलो पैसा र विदेशी रोजगारको मोहले किशोरहरू पढाइबाट टाढा हुँदै गएको विद्यालय पक्षको चिन्ता छ।


विद्यालयको टोली गाउँगाउँ पुग्दा कतिपय अभिभावकहरूले पहिलोपटक आफ्ना सन्तानको पढाइको विषयमा गम्भीर छलफल गरेका थिए। विद्यालयले अभिभावकहरूलाई आग्रह सहीत अुनरोध गर्नु हुन्छ ।

विद्यालयका व्यवस्थापन समितीका जेष्ठ अध्यक्ष ज्ञानु कुवर योगी भन्नु हुन्छ, “कम्तीमा व्याचलर तहसम्म आफ्ना सन्तानलाई पढाउने प्रतिबद्धता लिनुहोस्, त्यसपछि उनीहरूको जीवन आफैं फरक हुनेछ।” 

भीम माध्यमिक विद्यालयको यो घरदैलो भर्ना अभियानले केवल विद्यार्थी संख्या बढाउने मात्र होइन, शिक्षाप्रतिको चेतना फैलाउने नयाँ लहर समेत ल्याएको छ। 

दोलखाका ग्रामीण भेगमा अझै पनि शिक्षाको उज्यालो पूर्ण रूपमा नफैलिएको अवस्थामा, विद्यालयको यो प्रयास आशाको किरण बनेको छ–जहाँ शिक्षकहरूले कक्षाकोठाभन्दा बाहिर निस्किएर समाजभित्रको अन्धकारसँग लड्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार