नेपाल सम्वत् ११४५, कौलागा ६, षष्ठी, (२६ असोज, २०८२, १२ अक्टोबर, २०२५) आईतबार, बाँपिझ्याला । विश्व मानसिक स्वास्थ्य दिवस २०२५ को अवसरमा शुक्रवार साँझ लायन्स क्लब अफ काठमाडौं होलिस्टिक माइन्ड्स द्वारा “सुविधा पहुँच–विपत्ति र आपत्कालीन अवस्थामा मानसिक स्वास्थ्य” विषयक विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा जिल्ला गभर्नर लायन नबराज सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुँदा, मार्गदर्शक एवं फसिलिटेटरको रूपमा श्रद्धेय प्रीति गुरुमां सहभागीहरूलाई मार्गदर्शन दिनुभयो। कार्यक्रमको सञ्चालन Reiki Grand Master आदर्श प्रधान द्वारा गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षण श्रद्धेय प्रीति गुरुमांद्वारा गराइएको मार्गनिर्देशित ध्यान (Guided Meditation) रह्यो, जसले सहभागीहरूको मानसिक शान्ति, भावनात्मक स्थिरता र आन्तरिक सन्तुलन कायम गर्न सहयोग पुर्यायो। श्रद्धेय प्रीति गुरुमांले बौद्ध दर्शन र अभ्यासमार्फत मानसिक स्वास्थ्य संरक्षण, जीवनमा सन्तुलन र विपत्तिपूर्ण परिस्थितिमा मनोवैज्ञानिक स्थायित्व सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो। सहभागीहरूले प्रश्नोत्तर सत्रमार्फत आफ्ना जिज्ञासाहरू राख्ने अवसर पाएका थिए।
विशेषतः, यो कार्यक्रम भर्चुअल माध्यमबाट नेपालसहित अमेरिका, जापान, क्यानडा, भारत, अस्ट्रेलिया, युकेलगायत विभिन्न देशबाट समेत सहभागीहरू सहभागी भएका थिए। प्रमुख अतिथि लायन नबराज सापकोटाले आफ्नो मन्तव्यमा आकस्मिक परिस्थितिमा मानसिक स्वास्थ्यको महत्व, समुदायमा सहयोगका पहलहरू, र मानसिक स्वास्थ्य सेवामा पहुँच बढाउने आवश्यकता माथि प्रकाश पार्नुभयो।
साथै, लायन्स क्लब अफ काठमाडौं होलिस्टिक माइन्ड्सले हरेक शनिबार बिहान ५ः०० देखि ६ः४५ बजेसम्म Reiki Grand Master आदर्श प्रधानको मार्गदर्शनमा निशुल्क शनिवार सत्सङ्ग नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ।
आयोजक संस्थाका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य जीवनका चुनौतीपूर्ण परिस्थितिहरूमा मानसिक शान्ति, संवेदनशीलता र आन्तरिक सन्तुलन कायम राख्न सहभागीहरूलाई प्रेरित गर्नु रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij