नेपाल सम्वत् ११४५, कौलागा ५, पञ्चमी (२५ असोज, २०८२, ११ अक्टोबर, २०२५) शनिवार, बाँपिझ्याला । आगामी तिहारका लागि काठमाडौँ महानगरपालिकाले ३२ ठाउँमा फूलमाला बिक्री स्थल तोकेको छ।
नगर प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरणमा रोक लगाउँदै महानगरका ३२ ठाउँमा नेपाली किसानले उत्पादन गरेका फूलमालाको बिक्री स्थल निर्धारण गरिएको जानकारी दिएका हुन्। स्थानीय उत्पादनलाई प्रोत्साहन र आयातित वस्तुको निरुत्साहनका लागि यस्तो कदम चालिएको उनको भनाई छ।
‘अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि किसानलाई बजारमा सहज पहुँच प्रदान गर्न, ढुवानीमा सहयोग गर्न र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाही गर्ने तयारी गरिएको छ। नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर तथा बजार क्षेत्रको अनुगमन पनि गरिनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो चाहना वास्तविक किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरून् र उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गर्न सकून् भन्ने हो।’
नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको भन्दै मेयर बालेनले यो तिहारमा स्वदेशी फूलको मात्रै प्रयोग गर्न पनि आग्रह गरेका छन्। ‘आफ्नो संस्कृति, नेपालमै फुलेका फूल हाम्रो पहिचान हो, यही हाम्रो सम्मान हो,’ बालेनले भनेका छन्।
फूलमाला बिक्रीका लागि महानगरले तोकेका ३२ स्थान
एन.भी.सेन्टर – नयाँ बानेश्वर, बिग मार्ट – शंखमूल, आइ प्लेक्स मल – नयाँ बानेश्वर, सेल्सबेरी – मध्यबानेश्वर, फोनेक्स टावर – बत्तीसपुतली, तिनकुने चौर – तिनकुने, सिफल चौर – सिफल, एसी कम्प्लेक्स – चाबहिल, चाबहिल गणेशस्थान तरकारी बजार – चाबहिल, के.एल.टावर पूर्व – चाबहिल, चाबहिल सेन्टर अगाडि – चाबहिल, धर्म चक्र पार्क – स्वयम्भू, कालिमाटी ब्याङ्क्वेट – कालिमाटी, द्यौखेल – कालिमाटी भाटभटेनी – कलङ्की, भ्याली कोल्ड स्टोर – नयाँ बजार, बुद्ध महल – माछापोखरी गुणस्तर खाल्डो – माछापोखरी, वडा ५ अगाडिको डबली – हाँडीगाउँ गणेश मन्दिर डबली – हाँडीगाउँ, कोइराला स्मार्ट – सामाखुशी, वडा २६ सेल्सबेरी – महाराजगञ्ज, बिग मार्ट – गङ्गबु, बिग मार्ट – चपलकारखाना, बिग मार्ट – बालुवाटार, आइटी भवन – कमलादी, वडा २८, स्टार मल – पुतलीसडक, वडा २८, भाटभटेनी – अनामनगर, वडा ९, टेवाल मन्दिर – सुन्धारा, काठमाडौँ महल – सुन्धारा, वडा कार्यालय निर्माण स्थल – अद्धेतमार्ग, वडा २८, बजरा कम्प्लेक्स (न्यू प्लाजा) – गुडमार्ट
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij