नेपाल सम्वत् ११४५, कौलागा ५, पञ्चमी (२५ असोज, २०८२, ११ अक्टोबर, २०२५) शनिवार, बाँपिझ्याला । वर्षको मनसुन बाहिरिएसँगै मौसम घमाइलो भएको छ । हिजोसम्म आकाशमा बादल लागेकोमा आज बिहानैदेखि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको आकाश सफा देखिएको छ ।
काठमाण्डौ वरपरका डाँडा र हिमालहरु पनि प्रष्ट देखिएका छन् । गएको असोज २० गतेदेखि बाहिरिन शुरू भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी हिजोदेखि देशभरबाट बाहिरिएको हो । असोज २० गते सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरै ठाउँ र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही ठाउँबाट मनसुन बाहिरिन शुरू भएको थियो ।
मनसुन बाहिरिए पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन मौसम पूर्वानुमान माहशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij